जोशीपुर कृषि पकेट क्षेत्रका किसानलाई सामग्री वितरण

जेठ ११,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका कृषि पकेट क्षेत्रका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएका छ । तरकारी वाली पकेट विस्तारमा निरन्तरता दिन कृषि सामग्री र औजार उपकरणहरु जोशीपुर गाउँपालिका कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको हो । जोशीपुर एग्रो रिसर्च सेन्टर तरकारी पकेट संचालक समिति जोशीपुरको आयोजनामा भएको कार्यक्रममा संचालक समितिका कोषाध्यक्ष रवि चौधरीको सभाध्यक्षता, गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख अतिथ्यता तथा कृषि शाखा प्रमुख किशोर पन्तको विशिष्ट आतिथ्यतामा सामग्री वितरण गरिएको हो ।

कृषि उत्पादनको ठुलो सम्भावना बोकेको जोशीपुर गाउँपालिका अन्तरगतका कृषकहरुको प्रोत्साहनका निमित्त तथा कृषिलाई व्यावसायिक बनाउन प्रविधिको प्रयोग गरि सानो पकेट क्षेत्रमा उत्पादन बढाउने कार्यक्रमको उद्देश्य रहेको प्रमुख अतिथि चित्र बहादुर चौधरीले बताउनु भयो ।

त्यसै गरि गा.पा.ले कृषि उपकरण अनुदान दिए पछि खुशि हुँदै कृषक नागेश्वर चौधरी कृषिमा थप सहयोग पुगेको बताए । उनले भने “म आधुनिक कृषि खेति गर्छु । कृषि आधुनिक प्रविधिबाट गर्न सके उत्पादन वढि लिन सकिन्छ ।” त्यसै गरि दुर्गा कृषक समूहका सदस्य करुणा देवी चौधरीले जवदेखि जोशीपुर गा.पा.ले पकेट क्षेत्र निर्धारण गरि कृषक समूहलाई अनुदान वितरण गर्न सूरु ग¥यो तव देखि कृषिमा थप उर्जा मिलेको बनाए । थोरै जग्गामा कृषि गर्दै आएकी उनि भन्छिन् “घर खर्च, बच्चाको पढाईलेखाई, औषधि उपचारका लागि खर्च पुगिरहेको छ। पहिले परम्परागत कृषिले त्यति जग्गामा खाना लाउन पुग्दैनथ्यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *