
जेठ १३,
कैलालीको जोशीपुरमा साना किसान कृषि सहकारी संस्था लि. जोशीपुरले मोहन्याल मा.वि. बडहरिया जोशीपुरलाई खानेपानी टंकी र मोहन्याल वेताल आधारभुत विद्यालय घुसरीलाई प्लास्टीकको कुर्सी वितरण गरेको छ। सामाजिक सामुदायिक कार्यक्रम अन्तरगत सहकारीले सो सामग्री वितरण गरेको हो ।

विशुद्ध महिलाहरुले सञ्चालन गरेको यस सहकारीले सानो क्षेत्रफलमा कृषि गर्ने महिला कृषकहरुलाई स्वलम्बन, तरकारी खेति तथा पशुपालनका लागि समेत न्यून व्याजदरमा ऋण लगानी गर्दै आएको र संस्थाका सदस्य महिलाहरु जसको पाठ्यघरमा समस्या छ उनिहरुलाई उपचारका लागि नगद १० हजार सम्म सहयोग गर्दै आएको संस्थाका अध्यक्ष गोमा देवि आचार्यले बताउनु भयो । सानो सहकारी जसमा भएको मुनाफाको केहि अंश सामाजिक क्षेत्रमा लगानी गर्ने प्रयास सुरुवात गरेको पनि उनले बताईन् । त्यसै गरि संस्थाका शेयर सदस्य जस्को छोराछोरी एस.ई.ई.मा उत्कृष्ट अंक ल्याई पास हुन्छन् तिनिहरुलाई प्रोत्साहन गर्न नगदराशी प्रदान गरि सम्मान गर्दै आएको संस्थाकि प्रबन्ध निर्देशक तृसना भट्ट पाठकले बताउनु भयो ।