जोशीपुर जेसीजको मैत्रिपूर्ण खेल सम्पन्न

जोशीपुर जेसिजको आयोजनामा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । जोशीपुर जेसिज र जोशीपुर बजार विच भएको मैत्रीपूर्ण फुटवल खेल जोशीपुर गा..पा.१ बडहरियाको फुटवल ग्राउण्डमा भएको थियो ।

खेलमा जोशीपुर जेसिजले शुन्यका विरुद्ध २ गोल गरि विजय प्राप्त गरेको थियो । जोशीपुर जेसिजका खेलकुद संयोजक रण बहादुर साउँदको संयोजकत्वमा मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जोशीपुरमा विभिन्न कार्यक्रम गरि जोशीपुर जेसिजको गौरवलाई बढाउने जेसिज वर्ष 2024 का अध्यक्ष भरत डंगौराले बताउनु भयो । मैत्रीपूर्ण कार्यक्रमले सम्बन्ध प्रगाढ रहने पनि वहाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *