
कैलालीको जोशीपुर गाउँपालिकाले ३ दिन जाडो विदाको सूचना जारी गरेको छ। जाडो बढेसँगै विद्यालयका बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले गाउँकार्यपालिकाले जाडो विदा दिने निर्णण गरेको जारी सूचनामा उल्लेख छ। विद्यालयले दिनपाउने स्थनिय विदा मध्य बाँकी रहेको ३ दिन माघ ७ गते देखि ९ गते सम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिने सूचना पालिकाले प्रकाशित गरेको छ।

