
पुष २२,
कैलालीको जोशीपुरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा जोशीपुर गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद २०८० सुरु भएको छ। खेलकुद अध्यक्ष सुरेश थारुको सभापतित्व तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता र गा.पा. उपाध्यक्ष रेखादेवी कठरियाको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिता समुद्घाटन भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मुल नारा रहेको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ३२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा मार्चपास, सटफुट, लङ्जम्प, १ सय मिटर दौड, भलिवल, श्रुति लेखन, जिलेवी दौड, म्युजिकल चियर, व्याडमिन्टन, २ सय मिटर दौड, ८ सय मिटर दौड, चित्रकला, “बैदेशिक रोजगार आवश्यकता कि वाध्यता” विषयमा निबन्ध लेखन, रिले दौड लगायतका विषय रहेका छन् ।

कार्यक्रम सफलताको शुभकामना दिदै प्रमुख अतिथि जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले खेलाडी भाई बहिनीहरुले शौहार्दपूर्ण बातावरण बनाई खेलकुद सफल बनाई दिन सम्पूर्ण विद्यालयका खेलाडी तथा शिक्षकहरुलाई आग्रह एवं अनुरोध गर्नु भएको छ।