जोशीपुर जेसीजको पदहस्तान्तरणमा विशेष व्यक्तित्वहरुलाई सम्मान

कैलाली जोशीपुर जेसीजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जोशीपुर जेसीज वर्ष २०२३ का अध्यक्ष धमेन्द्र विष्टको सभापतित्वमा सुरु भएको कार्यक्रम जोशीपुर जेसीज वर्ष २०२४ का नव निर्वाचित अध्यक्ष भरत डंगौराले समापन गर्नु भएको थियो । नेपाल जेसीज वर्ष २०२४ का कार्यकारी उपाध्यक्ष जेसी सिनेटर सन्दीप अग्रहरीको प्रमुख आतिथ्यता तथा नेपाल जेसीज वर्ष २०२४ का उपाध्यक्ष जेसी राजन शर्मा पौडेलको विशिष्ट आतिथ्यतामा गौरवमय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रमको गौरव जेसीज चेन हस्तान्तरण जोशीपुर जेसीजका पूर्व उपाध्यक्षहरुद्धारा गरिएको थियो भने निर्वाचन आयुक्त संयोजक हरि प्रसाद गौतमको टोलीद्धारा नव निर्वाचित अध्यक्ष लगायत वर्ष २०२४ का नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । वर्ष २०२३ लाई उत्कृष्ट बनाउन सहयोग गरेका विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान पत्र तथा मायाको चिनोले वर्ष २०२३ का अध्यक्ष धर्मेन्द्र विष्टले सम्मान गर्नु भएको थियो ।

जोशीपुर जेसीजले जोशीपुरको शिक्षा क्षेत्रमा गरेको महत्वपूर्ण प्रयास र सफलताबाट उदाहरणीय बन्नु भएका राष्ट्रिय माध्यमिक विद्यालयका प्र.अ. लिलाराम ओली, कृषि व्यापार व्यवसायमा सानो समयमा राम्रो व्यवसायिको रुपमा उदाहरणीय व्यक्तित्व बनेका साइमा सप्लायर्सका प्रोप्राइटर धमेन्द्र कुश्मी र जेसीज अभियानमा विभिन्न विषयमा तालिम प्रशिक्षकको रुपमा सहयोग गर्नुहुने सव डिभिजन वन कार्यालय भजनीका प्रकाश महरलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा देउडा समाज भितरियाले देउडा नाचले अतिथिहरुलाई स्वागत सम्मान गरिएको थियो भने जोशीपुर जेसीज वर्ष २०२३ को जेसीज अफ द ईयरको अवार्ड वर्ष २०२३ का महासचिव भरत डंगौरालाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *