जाेशीपुर जेसीजकाे अध्यक्षमा भरत डंगाैरा निर्वाचित

पुस १८,
कैलालीकाे जाेशीपुरमा जाेशीपुर जेसिजकाे १० अाै शाखा अधिवेशन सम्पन्न भएकाे छ । वर्ष २०२३ का अध्यक्ष धर्मेन्द्र विष्टकाे सभाध्यक्षता तथा जाेशीपुर जेसिजका संस्थापक अध्यक्ष सन्ताेष पाैडेलकाे प्रमुख अातिथ्यता र पुर्व अध्यक्षहरुकाे उपस्थितिमा शाखा अधिवेशन सम्पन्न भएकाे हाे ।  

१० अाैं शाखा अधिवेशनबाट अध्यक्षमा भरत डंगाैरा, कार्यकारि उपाध्यक्षमा सुशील चाैधरी, चेतराज जाेशी, उपाध्यक्षमा खुशीराम चाैधरी, खेमराज जाेशी, राहुल बुढा र रवि चाैधरी निर्वाचित भएकाछन् भने महासचिवमा भुमिसागर सुनार, कानुनि सल्लाहकारमा जिवनलाल डंगाैरा, काेषाध्यक्षमा सुजित चाैधरी र अध्यक्ष सल्लाहकारमा दिल बहादुर कठरिया मनाेनित भएकाछन् ।

अधिवेशनमा निर्वाचन अायुक्त संयाेजक हरि प्रसाद गाैतम र निर्वाचन अायुक्त सदस्यमा केशवराज जाेशी र विष्णुप्रसाद डंगाैरा रहनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *