
भाद्र ०२,
कैलालीको जोशीपुरमा जोशीपुर गा.पा.स्तरिय थारु कल्याणकारिणी सभाको नयाँ निर्वाचिन अध्यक्ष भैरव महतोंलाई शनिवार पदहस्तान्तरण गरिएको छ । थाकसका अध्यक्ष चन्दर कठरिया, प्रमुख अतिथि थाकस क्षेत्रिय अध्यक्ष लौटन चौधरी, जानकी गा.पा.का पूर्व उपाध्यक्ष उमा महतों, भलमन्सा संयोजक शक्ताराम चौधरी, आदिवासी जनजाती महासंघ जोशीपुरका अध्यक्ष चन्द्रिका चौधरी लगायत भलमन्साहरुको उपस्थितिमा आदिवासी जनजाती महासंघ जोशीपुरको सभाहलमा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लौटन चौधरीले थारु कल्याणकारिणी सभा विशुद्ध थारुहरुको संस्था रहेको बताउनु भयो । “सम्पूर्ण थारु जातीको हकहितका लागि आवाज उठाउने एक थलो हो । यसकै छत्रछाँयामा रहि हरेक थारु नेताहरुले स्थानिय, प्रदेश तथा संघमा नेतृत्व गरिरहेका छन् । त्यसकारण यस संस्थामा सवै नेतृत्वकर्ताहरु आवद्ध हुन आवश्यक छ ।” वहाँले भन्नु भयो ।

त्यसै गरि जानकी गा.पा. पूर्व उपाध्यक्ष उमा महतोंले थाकस र स्थानिय सरकार विच समन्वय गरि संस्थालाई बलियो बनाउने आवश्यक रहेको बताउनु भयो । थाकसको उद्देश्य र लक्ष्य प्रति सदैव सकरात्मक सोच राखी भलमन्साहरुले नेतृत्व गर्न आवश्यक रहेको पनि उहाँले बताउनु भयो । “स्थानिय सरकारमा थारुहरुको नेतृत्व छ । नेतृत्वदायी भुमिका निर्वाहका लागि चुनिएका जनप्रतिनिधिहरुलाई सम्मान दिन आवश्यक छ । समाज रुपान्तरणमा थारु अगुवाहरुको महत्वपूर्ण भुमिका रहने भएकोले स्थानिय सरकार र थाकसको समन्वय हुन जरुरी छ ।” वहाँले भन्नु भयो ।