जोशीपुरमा गुरही पचैंयाँको रौनक/गुरही अस्राएर भव्य रुपमा गुरिया मनाईयो

भाद्र ४,
कैलालीको जोशीपुरमा गुरही पचैंयाँ प्रवद्र्धन कार्यक्रम भव्य रुपले मनाइएको छ। जोशीपुर गाउँपालिका स्तरीय गुरही पचैंयाँ प्रबद्र्धन कार्यक्रम सार्कजनिक सेवा तथा क्षमता विकास समितिको आयोजना तथा थारु चलचित्र तथा सांस्कृति संघ सुदूरपश्चिम प्रदेशको समन्वयमा भएको हो । जीवनलाल डंगौराको सभाध्यक्षता तथा कैलाली क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य माननिय गंगाराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका भरिका गुरही अस्राउने बालबालिकाहरुको भव्य उपस्थिति रहेको थियो । भव्य साँस्कृतिक नाचगान पालिकाको प्राङ्गणमा भएको थियो भने गुरही अस्राउने कार्यक्रम जोशीपुर बजार चोकमा भएको थियो ।

संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँबाट साँस्कृतिक झाँकी प्रदर्शन भए पछि बालबालिका जसले गुरही, स्वैंटा र घुघरी लिएर गुरही अस्राउन आएका थिए उनिहरु यसरी सामुहिक रुपमा गुरही अस्राउन पाउँदा खुशी व्यक्ति गरेका थिए । यसरी पालिका भरिका बालबालिकाहरु एकै साथ गुरही मनाउने अवसर प्रदान गरेकोमा जोशीपुर गाउँपालिकालाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननिय गंगाराम चौधरी यो गुरही पर्व हाम्रो पहिलो पर्व नरहेको बताउनु भयो । हाम्रो पर्व माघी देखि सुरुहुने पनि वहाँले बताउनु भयो । “यो पर्वले खास गरि हाम्रो अन्ववालीमा लाग्ने किरा टाढा हुउन्, अन्न राम्रो होस् र यो वाल पर्व भएकोले बच्चाहरु यो पर्वमा रमाउने गर्दछन् र यसको ऐतिहासिक महत्व वैग्लै छ । यसलाई संरक्षण गर्न आवश्यक छ । संस्कृति नै हाम्रो पहिचान हो ।” वहाँले भन्नु भयो ।

त्यसै गरि थारु भाषा, कला, संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धनको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो । संस्कृति पुस्तान्तरण गर्नका लागि पनि कार्यक्रम गर्न जरुरी रहेको वहाँले बताउनु भयो ।

। साँस्कृतिक नाचमा जोशीपुर २ बरगदही गाउँको मुंग्रहुवा र झुम्रा नाच प्रदर्शन गरिएको थियो भने जोशीपुर ३ लक्कडको कठरिया झुम्रा नाच, फाँडियाको झुम्रा नाच, जोशीपुर ६ सिमरीको कठरिया समुदायले पचैंया पर्वमा गाउँने गित प्रस्तुत गरेको थियो । त्यसै गरि भजनी न.पा. २ कटानपुरले पनि पर्व विशेष गित प्रस्तुत गरेको थियो ।

त्यसै गरि जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले ओझेलमा पर्दै गएको थारु संस्कृतिलाई संस्कृति प्रेमि अगुवाहरुलाई संस्कृति संरक्षणमा लाग्न आग्रह गर्नु भएको छ।
कार्यक्रममा सभापति जीवनलाल डंगौराले कार्यक्रमलाई सफल पार्नमा सहयोग गर्ने सवै समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, कलाप्रेमी, व्यवस्थापक, संस्कृति प्रेमी सवैलाई धन्यवाद दिंदै पालिका स्तरको कार्यक्रमका लागि उचित ठाउँ नभएकोले पालिकाको प्राङ्गणमा कार्यक्रम गरेको दुखेश्व व्यक्त गर्नु भयो । सरकारले यस्ता कार्यक्रमका लागि कुनै उचित ठाउँमा कभरहलको व्यवस्थापन गरेको भए राम्रो हुने पनि उहाँले बताउनु भयो ।कार्यक्रमलाई अभिमन्यु चौधरीले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *