
भाद्र १,
कैलालीको जोशीपुरमा पालिका स्तरीय गुरही, पचैया प्रबद्र्धन कार्यक्रम भाद्र ४ गते नाग पंचमी अर्थात गुरियाको अवसरमा भव्य रुपले हुने भएको छ। सार्वजनिक सेवा तथा क्षमता विकास समितिको आयोजनामा हुने गुरही, पचैया पर्व पालिका स्तरका सवै गाउँका बालबालिकाहरुको भव्य उपस्थितिमा कार्यक्रम हुने आयोजक कमिटिले जनाएको छ। बाल पर्वको रुपमा मनाईने यो गुरही, पचैया कार्यक्रमलाई जोशीपुर गाउँपालिकाले प्रवद्र्धकको रुपमा सहयोग गरेको छ भने थारु चलचित्र तथा सांस्कृतिक संघको समन्वय रहेको छ।
वाल पर्वलाई प्रवद्र्धन गर्न तथा बालबालिकाहरुलाई आफ्नो संस्कृति तर्फ प्रोत्साहन गर्न पालिकाले पनि पालिका अन्तरगतका स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा वडा पालिका र पालिकामा सार्वजनिक रुपमा स्थानिय विदाको सूचना प्रकाशित गरेको छ।
कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन तथा बालबालिकाहरुको हौसला बढाउन समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, व्यापारी, कृषक वर्ग, संघसंस्था, जनप्रतिनिधि सम्पुर्ण महानुभावहरुलाई आयोजक कमिटिले उपस्थितिका लागि अनुरोध गरेको छ ।