धनगढीमा भव्यरुपले गुरही पर्व मनाईने

अनिल कुश्मी/धनगढी,

विगतका वर्ष जस्तै यस वर्ष पनि थारु समुदाय संग सम्बन्धित सम्पुर्ण संघ सस्थाहरुको आयोजनामा, धनगढी उपमहानगरपालिका वडा नं. ८ गुरही चोकमा “गुरही असरैना कार्यक्रम २०८०” आयोजना हुदैछ । थारु समुदायको परम्परा अनुसार हरेक वर्षको नागपञ्चमीका दिन गुरिया पर्व मनाईन्छ। पश्चिम नेपालमा यस वर्ष भदौ ४ गते सोमबारका दिन गुरिया पर्व मनाईदैछ ।
“गुरही असरैना कार्यक्रम २०८०” को सम्पुर्ण तयारी भई सकेको जानकारी मुल आयोजक समितिका संयोजक उन्नती चौधरीले जानकारी दिएका छ्न। उक्त कार्यक्रममा थारु सास्कृतिक कार्यक्रमका साथै गुरही चोकमा गुरहीको मुर्ती शिलन्यास पनि गरिने भएको छ।
वि। स। २०६७ सालदेखि यस स्थानमा संगठित रुपमा गुरही असरैना कार्यक्रमको सुरुवात भएको हो । सुरुका वर्ष तिर ५ र ६ जना सामन्यरुपमा थारु परम्परा अनुसार मनाईन्थ्यो भने अहिले १० हजारौ स्थानिय तथा आगन्तुक थारु र गैर थारु समुदायको उत्साहपुर्ण सहभागितामा भव्य सभ्यरुपमा मनाईन्छ ।

नाग पञ्चमीको दिन साझ तिर गाउँका सबै घरका स–साना बालिकाहरुदेखि अविवाहित यूवतिहरु कपडाले बनाएको गुडिया वा ‘गुरही’ संगै घुघरी (चना केराउ मकै को भुजा) थालीमा सजाएर र केटाहरु भने सजाएर बनाएको सोँटा (कोंर्रा) लिएर गाउँको दक्षिण बाटोको छेउ वा चौराहामा भेला हुन्छन् । बालिका तथा युवतीहरुले आफू संग लगेका गुरही सेलाउछ्न भने केटाहरु सोँटाले गुरहीहरुलाई पिट्ने गर्छन। गुरहीमा घुघरी र कोंर्राको महत्व बढ्दै गएको देखिन्छ । खुशी पर्ना अन्त्यमा घुघरी आपसमा बाडेर खादै, रमाईलो गर्दै आ आफ्नो घर तिर फर्किने गर्दछ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *