
असार २९,
कैलालीको जोशीपुर गा.पा. ६ नं. वडा मा रहेको लोखरी खेलमैदान नजिक १ महिना अगाडी मात्र प्रदेश सरकारको बजेट मार्फत करिब २०० फिट लामो नाला सम्पन्न गरिएको थियो। तर १ महिना नपुग्दै यो खेलमैदानको नाली भत्केको अबस्था यस्तो छ ।यसमा गल्ती कस्को ठेकेदार वा सम्बन्धित निकायको यसमा स्थानिय निकायको समयमा नै ध्यानाकर्षण होस। प्रदेश सरकारको सामजिक बिकास मन्त्रालय बाट ७२ मीटर नाली को लागि आ। बा। ०७९र८० मा रु.५,००,००० (पाँच लाख) बजेट छुट्टिएको थियो।
उपभोक्ता समितिका अध्यक्ष सुरेश डगौराका अनुसार ईस्तिमेट भन्दा ५ मीटर बढी नै काम भएको छ।
तर गुणस्तर कति भयो भन्ने कुरा अहिले महिना पनि बित्न नपाउँदै भत्किएको नालाले बताइरहेको छ।
उपभोक्ता समितिका सचिव लोक बहादुर थापाको भन्छन् हामीलाई यो विषयमा जानकारी छैन,प्राविधिक को कमजोरीले नाला भत्किएको हो।
योजना निर्माण कार्य सम्पन्न भएको अनुगमन सामजिक बिकास मन्त्रालय बाटै खटिएका प्रविधिक ले गरेका हुन।
प्रदेश सरकार को बजेट केवल कार्यकर्ता पोस्न कै लागि मात्रै प्रयोग भएको देखिँदैछ।
भौतिक संरचनामा मापदण्ड अनुसारको गुणस्तर भए नभएको यकिन नगरी कसरी प्राविधिकले पास गरेको हो भन्ने विषयमा प्रश्न उब्जिन्छ।
१महिना नबित्दै नाली भत्किएकोमा त्यहाँका स्थानीयहरु आक्रोसित भएका छन्।