बाल कल्याण संघको सामाजिक परिक्षण सम्पन्न

असार २४,
कैलालीको जोशीपुर जेसीजको सभाहलमा बाल कल्याण संघ टीकापुरले सामाजिक परिक्षण सम्पन्न गरेको छ। जोशीपुर गाउँपालिकाका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कृषि शाखा, पालिका तथा वडा स्तरिय बाल संरक्षण/अधिकार समिति, बालबालिका र किशोर किशोरी, युवा क्लब, अभिभावक, सामुदायिक तथा संस्थागत विद्यालयका प्र.अ. एवं प्रतिनिधि, वडघर संयोजक, जोशीपुर जेसीज, युवा संजाल, पत्रकार लगायतको उपस्थितिमा सामाजिक परिक्षण सम्पन्न भएको हो ।

सामाजिक परिक्षण कार्यक्रममा जम्मा रकम ४७ लाख ३७ हजार ५ सय मध्य कुल खर्च ४७ लाख ३ हजार ५६ सय रहेको र खर्च हुन बाँकी रकम ३४ हजार ४ सय ४३ रुपैया रहेको खर्च विवरण प्रस्तुत गरिएको थियो । रकम कार्यशाखा गोष्ठी विवरण, मानविय स्रोत, कर्मचारी तालिम खर्च, अनुगमन, कार्यालय संचालन, यातायात, समाज कल्याण परिषद् अनुगमन, कार्यालय व्यवस्थापन, लैङ्गीक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, अपाङ्गता नापजाँच शिविर संचालन, अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जन सहयोग, अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसाय प्रबद्र्धन सम्बन्धि अभिमुखिमा खर्चिएको कार्यक्रम व्यवस्थापक नयनतारा श्रेष्ठले बताउनु भयो ।

त्यसै गरि बाल क्लव र किशोरकिशोरी समूहमा आवद्ध बालबालिका र किशोर किशोरीहरुको समृद्धि र सिकाई अभिवृद्धिमा सहयोग गर्ने, बालबालिका र किशोरकिशोरीहरुलाई परिवारमा उच्चित सहयोग र वातावरण प्राप्तीका लागि परिवारको सवलिकरणको निम्ति बाल सम्बृद्धि र आयमूलक कार्यको प्रवर्धनका साथै विभिन्न उपयुक्त पहलहरु संचालन गरि सहयोग गर्ने, बालबालिका र किशोरकिशोरीहरुलाई परिवारमा उच्चित सहयोग र वातावरण प्राप्तीका लागि परिवारको सवलिकरणको निम्ति बाल सम्बृद्धि र आयमूलक कार्यको प्रवर्धनका साथै विभिन्न उपयुक्त पहलहरु संचालन गरि सहयोग गर्ने, सिमान्तकृत परिवारका बालबालिका तथा किशोरकिशोरीहरुको विद्यालय सम्म पहुँच बृद्धिका लागि सहयोग गर्ने, बालबालिका तथा किशोर किशोरीहरुको सुरक्षा र सम्बृद्धिका कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्नका लागि बाल संरक्षण समिति, सामुदायिक संस्था र विद्यालयहरुको क्षमता अभिबृद्धि र सहकार्य गर्ने आगामी दिनको लक्ष्य रहेको कार्यक्रम संयोजक रामलाल चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *