सिप सिकाईबाट खुशी भए प्रशिक्षार्थी

असार २२,
कैलालीको जोशीपुरमा ७५ दिने सिलाईकटाई तालिम अन्तिमचरणमा पुगेको छ। गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिमलाई गा.पा.अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवी कठरिया र प्रमुख प्रशासकिय अधिकृत मार्शल पन्तको संयुक्त टोलीले सिप तालिमलाई अनुगमन गर्नु भएको छ। २८ जना प्रशिक्षार्थीहरु सिलाई कटाई तालिम लिएका छन् ।

वेरोजगार मनिषा डंगौरा आधारभुत तालिम सिक्न पाएको खुशि व्यक्त गर्नु भयो । वहाँले सिप सिकेर आफ्नै गाउँमा पसल खोली स्वरोजगार बन्ने बताउनु भयो । त्यसै गरि प्रशिक्षार्थी कविता कठरियाले कटिङ्गमा समस्या रहेको र सिलाईमा समस्या नरहेको बताए ।

प्रशिक्षक ओम प्रकाश चौधरीले ७५ दिनको तालिमले प्रशिक्षार्थीहरु मेसिन चलाउन सिके, सिल्न सिके तर अझै पनि ड्राफ अनुसार काम गर्न गाह्रो रहेको बताए । यसका लागि पालिकाले डिप्लोमा कोर्षको तालिम दिए प्रशिक्षार्थीहरु परिपक्को हुने थिए भन्ने पनि उनको भनाई रहेको छ । सिलाई कटाई जस्तो सिपमा रिस्क छ । सिलाई विग्रीयो भने कपडा सहित तिर्नु पर्छ । त्यसकारण यिनिहरुलाई सक्षम बनाउन दोस्रो चरणको तालिम दिन सके मात्र पसल खोल्नका लागि योग्य हुन्छन् भन्ने पनि उनले बताए । त्यसै गरि प्रशिक्षक सुशिला कठरियाले सिप सिकेकै कारण जोशीपुर गाउँपालिकामा खुलेको सिलाईकटाई तामिलको प्रशिक्षक भई काम गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *