सिप सिकेर व्यवसायिक बनौंः गा.पा.अध्यक्ष

असार २२,
कैलालीको जोशीपुरमा ७५ दिने सिलाईकटाई तालिम सम्पन्न भएको छ। जोशीपुर गा.पा. उपाध्यक्षको सभापतित्व, गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले सिलाई कटाई तालिम सिकेका प्रशिक्षार्थीहरुलाई व्यवसायिक वन्न आग्रह गर्नु भएको छ । सिकेको सिपलाई व्यवहारमा लागु गरि व्यवसायिक रुपमा संचालन गर्न समेत वहाँले आग्रह गर्नु भयो ।
त्यसै गरि सभाध्यक्ष जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले यो सिलाई कटाई तालिम पश्चात सुरुमा सानो व्यवसाय संचालन गरि घरका समान्य आर्थिक समस्यालाई सुल्झाउन सकिने भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । वहाँले पालिकाबाट दिइएको सिलाई मेसिनलाई सहि सदुपयोग गरि जिवीकोपार्जन गर्न समेत आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *