दहित एक्यवद्धताका लागि गोट्यार सम्मेलन

बाँके, २५ चैत । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ हब्रहवामा चौठा राष्ट्रिय दहित गोट्यार सम्मेलन भएको छ ।
‘पहिचान बचाइ, हौस्यार बनि ओ एक हुई’ भन्ने नारा सहित दहित गोट्यार सम्मेलन नेपाल, बाँकेको आयोजनामा सम्मेलन भएको हो । दहित गोट्यार सम्मेलन नेपाल, बाँकेका संयोजक गोविन्द दहितको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कैलालीका जिउलाल दहित रहेको थिए । कार्यक्रममा विशेष अतिथीहरुमा लुम्बिनी प्रदेश सभा सदस्य दिल्लीबहादुर दहित, पूर्वमन्त्री महेश दहित, गोपाल दहित, सन्त कुमार दहित, संविधान सभा सदस्य पट्टु दहित रहेका थिए।

अतिथीहरुमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, कैलारी गाउँपालिका कैलालीकी उपाध्यक्ष भगवती दहित, थारु वुद्धिजिवी भागवतदास दहित, यूनिक नेपालका अध्यक्ष प्रिमबहादुर दहित लगायत रहेका थिए ।
उक्त सम्मेलनमा लेखक तथा साहित्यकार शेखर दहितले दहित जातिहरुको परिचय, जनसाङख्यिक अवस्था, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था, सृचिकृत दहित थर र आगामी कार्ययोजना बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

लेखक दहितले प्रस्तुत गरेको कार्यपत्र अनुसार दहित थर अन्तराष्ट्रिय रुपमा २ लाख ४२ हजार ५५१ औँ सबैभन्दा धेरे प्रयोगमा आउने थर हो । विश्वमा ४४ लाख ५१ हजार ७६९ व्यक्ति मध्ये १ जना दहित थर भएको व्यक्ति पाइन्छ ।

दहित थर भएका व्यक्तिहरुको खासगरि एशिया महाद्धिपमा बसोबास रहेको छ, जहाँ ८८ प्रतिशत दहित थर भएका व्यक्ति रहेका छन् । यसैगरि ८७ प्रतिशत दक्षिण एशिया र ८७ प्रतिशत इन्डो दक्षिण एशिमा दहित थर भएका धेरै रहेका छन् । दहित संसारभरिमा ७ लाख ८७ हजार ६३६ औं सबैभन्दा बढी थर रहेका जाति हुन् ।

जनसंख्याको हिसावले नेपालमा आदिवासी थारु जाति चौठौ स्थानमा रहेको छ । त्यसमा दहितहरुको संख्या सबभन्दा बढी रहेको छ । नेपालमा खासगरि भेरी अञ्चलमा ६७ प्रतिशत, नारायणी अञ्चलमा १४ प्रतिशत, सेतीमा ११ प्रतिशत दहित थर भएका व्यक्ति रहेका छन् । नेपाल बाहेक दहित थर भएका व्यक्ति ७ वटा देशमा पनि बसोबास रहेको छ । सोमालियामा १२ प्रतिशत, भारतमा ४ प्रतशित दहित थर भएका व्यक्ति रहेको पाइएको लेखक दहितले आफ्नो कार्यपत्रमा उल्लेख गरेका छन् ।
त्यसैगरि दहित थर अन्र्तगत अंग्रहवा दहित, अरगर्वा दहित, अहिर दहित, कनपुज्जा दहित, काँजपुज्जा दहित, कयौँ दहित, कौवा दहित, बर्का दहित, गरडग्गा दहित लगायत ४१ वटा दहित थर सुचिकरण गरिएको उनले कार्यपत्रमा उल्लेख गरेका छन् ।

साथै लेखक दहितले दहित थरको प्रोफाइल बनाउने, राष्ट्रिय दहित संगठन, गाउँ, वार्ड, पालिका स्तरीय गोट्यार संगठन विस्तार, गोट्यार कोष स्थापना, विपन्न गोट्यारहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका लगायत कार्ययोजना बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *