
चैत्र २०,
कैलालीको जोशीपुरमा सामुदायिक विद्यालयका प्र.अ. एवं. शिक्षकहरुलाई बाल अधिकार र संरक्षण सम्बन्धि २ दिने तालिम दिइएको छ। बाल कल्याण संघ टीकापुरको आयोजनामा २३ वटा सामुदायिक विद्यालयका प्र.अ. एवं. शिक्षकहरुलाई तालिम दिइएको थियो । बाल ऐन सम्बन्धि जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले प्रशिक्षण दिनु भएको थियो भने बाल अधिकार र संरक्षण सम्बन्धि बाल कल्याण संघका परियोजना संयोजक रामलाल चौधरी प्रशिक्षण दिनु भएको थियो ।

बालबालिकाहरुको हक अधिकार उनिहरुलाई बोध गराई उनिहरुले बाल्यकालमा सरकारबाट पाउनुपर्ने सेवासुविधा सहि ढंगले पाईरहेको छन् छैनन्, अपाङ्गता भएका बालबालिकाहरुले कस्तो किसिमको सेवासुविधा पाए भन्ने विषयलाई अध्ययन गरि उनिहरुलाई कसरी पहुँच सम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बाल कल्याण संघ टीकापुरका रामलाल चौधरीले बताउनु भयो । आजका बालबालिका भोलिका कर्णधार हुन् । उनिहरुको भविष्य शिक्षकको हातमा रहेको हुन्छ। सहि शिक्षा पाए भने मात्र बालबालिकाहरुको भविष्य निर्माण हुने पनि वहाँले बताउनु भयो ।
