जोशीपुरमा सामाजिक मेलमिलाप सम्बन्धि तालिम सम्पन्न

जीवन लाल डंगौरा/चैत्र २६,
थारु भेष भुसामा सजिएर उत्साहजनक सकृय सहभागीमा सामुदायिक मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम आज जोशीपुरको सोल्टी होटेलमा समापन भएको छ । न्यायिक समिति संयोजक श्री रेखा देवी कठरिया ज्युको सभाध्यक्षतमा भएको समापन शत्रका प्रमुख अतिथिको रुपमा ३ नं. वडा अध्यक्ष तथा कार्यबाहक गा.पा. अध्यक्ष श्री रेणु डगौरा ज्यु रहनु भएको थियोे भने अतिथिहरुमा १ नं. वडा अध्यक्ष श्री राम चन्द्र चौधरी, ४ नं. वडा अध्यक्ष राम जनम चौधरी, ५ नं. वडा अध्यक्ष श्री अनर कुमार चौधरी,६ नं. वडा अध्यक्ष श्री भोज राज चौधरी, ७ नं. वडा अध्यक्ष श्री बम बहादुर शाह, न्यायिक समिति सदस्य श्री राम बहादुर चौधरी,सुश्री सुमित्रा चौधरी,अध्यक्ष ज्युको स्वकीय श्री छेदा लाल चौधरी उजुरी प्रशाशक सुश्री अमृता सिंह चौधरी,प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक तथा प्रमुख प्रशिक्षक श्री बल्लु चौधरी, सह प्रशिक्षक श्री दिपु चौधरी,श्री जंग बहादुर चौधरी, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता सहयोगी श्री रिता कुमारी चौधरी,लगायत ३३ जना सहभागीहरुको उपस्थितिमा सहयोगीको तर्फबाट मन्तब्य श्री यज्ञ राज उपाध्याय,श्री सोनम कुमारी चौधरीलेआ–आफ्नो धारणा रखेका थिए।

यसरी समापन शत्रमा उपस्थित अतिथि पाहुनाहरुलाई स्वागत मन्तब्य न्यायिक समिति सदस्य सुश्री सुमित्रा चौधरीले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता श्री बन्धु प्रसाद चौधरीले गर्नु भएको थियो प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा जोशीपुर गा.पा. न्यायिक समितिको आयोजनामा २०७९ चैत्र १९ गते शुरु भएको तालिमको आज २६ गते साझा ५ बजे समापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *