जोशीपुरमा अव कुनै समुदाय तथा पार्टीगत भेदभाव हुदैनः गा.पा. अध्यक्ष

जेठ ११,
कैलालीको जोशीपुरमा रघुनाथ आदर्श बहुुमखि क्याम्पसद्धारा जनप्रतिनिधिलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विर बहादुर हमालको सभापत्वि तथा नवनिर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष त्था वडा सदस्यहरुलाई फुलमालाले सम्मान गरिएको थियो ।
जोशीपुर गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री रघुनाथ आदर्श बहुमुखी क्याम्पस जोशीपुर कै नमुना क्याम्पस हो । यहाँ विशेष गरेर कृषक, जनजाती, सुकुम्वासी, मुक्त कमैया, दलित, छात्रा विद्यार्थीहरु पढ्ने गर्दछन् । १७ वसन्त पार गरेको यस क्याम्पसले हाल सम्म ३ सय भन्दा वढी विद्यार्थीहरुलाई स्नातक तह उत्तीर्ण गराई सकेको छ।

विशुद्ध ग्रामिण भेगमा रहेको यो क्याम्पसमा पढ्ने विद्यार्थीहरु पढ्ने ईच्छा भएर पनि भर्ना शुल्क तिर्न नसकेर विद्यालय छोड्ने गर्दछन् । कतिपयले परिक्षा फार्म भर्न नसकेर विद्यालय छोड्न बाध्य छन् । क्याम्पसमा विद्यार्थीहरुको संख्या दिनप्रतिदिन घट्दै छ । ग्रामिण क्षेत्रमा स्थापना भएको, थोरै विद्यार्थीले संचालिन यस क्याम्पसलाई राज्यको कुनै पनि निकायले सहयोग नगरेको अवस्थामा विभिन्न दातृ संस्थाहरुसँग समन्वय र सहयोगमा यो क्याम्पस अगाडी बढिरहेको अवस्था छ । कैलालीको सवै क्याम्पस मध्य सवै भन्दा न्यून शुल्क भएको र अध्ययनरत विद्यार्थीहरुको तुलनामा वढि भन्दा वढि छात्रवृति दिने क्याम्पस पनि यहि हो ।
२०७४ सालमा स्थानिय सरकार आए पश्चात स्थानिय सरकारले सहयोग गर्दै आएको छ। “समृद्धिका लागि सँगसंगै” भन्ने नारा लिएर अगाडी बढुन आवश्यक छ । संस्थासँग आफनत्व हुनु पर्छ, जवसम्म समाज एकजुट हुदैन, जव सम्म सवैको सक्रियता र संलग्नता संस्थामा हुदैन तव सम्म संस्थाको आर्थिक, शैक्षिक र भौतिक उन्नति सम्भव छैन भन्ने क्याम्पस प्रमुख नृप बहादुर कुँवरको भनाई रहेको थियो । वहाँले नयाँ निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान व्यक्त गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नु भएको थियो । कमर्स, आर्ट, एजुकेशन र १८ महिने जे.टि.ए. समेतको गुणस्तरीय पठनपाठन गर्दै आएको क्याम्पसलाई नमुना बनाई स्थानिय स्तरमा मात्र नभई राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा समेत यस क्याम्पसलाई परिचत गराउन आवश्यक रहेको पनि उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चित्र बहादुर चौधरीले यो सामुदायिक विद्यालय हो । यसको शैक्षिक तथा भौतिक विकास गर्नु हामी सवैको साझा कर्तव्य हो । स्थानिय सरकारले आफ्नो दिने सुवीधाहरु पक्कै दिने हो यसमा दुईमत छैन । तर क्याम्पसको अन्तरीक स्रोतलाई वृद्धि गर्न बैकल्पीक उपायहरु पनि अपनाउन अवाश्यक छ । क्याम्पसको आयस्रोत कम छ आवश्यकता वढि छ । त्यसकारण क्याम्पस व्यवस्थापन समितिको सदस्य, विशिष्ट श्रेणीको सदस्य र आजीवन सदस्यता खोली क्याम्पसको आन्तरीक स्रोत वृद्धि गर्न सकिने बताउनु भयो । अवको सरकार हामी सवैको हो र यहाँ कुनै जातजातीय तथा पार्टीगत भेदभाव हुदैन। सवैमा समान सेवा प्रवाह गरिने पनि प्रमुख अतिथि चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *