
जेठ १२,
कैलालीको जोशीपुरमा जोशीपुर बजार व्यवस्थापनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले चुहावट रोक्न सके विकासले गति लिने बताउनु भयो । जोशीपुरमा खानेपानीको चुहावट, समयको चुहावट, सेवा सुविधामा चुहावट, विकासको कार्यमा चुहावट रहेको देखिन्छ । यस्ता चुहावट रोक्न सके जोशीपुरले छिट्टै विकासको गतिलिने बताउदै यस्ता चुहावटलाई चाँदै निर्मूल गर्ने पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

त्यस्तै शुद्ध पिउने पानी, सरसफाई र कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने पनि वहाँले बताउनु भयो । जोशीपुरको गौरव तथा मुटु रहेको जोशीपुर बजारको मुहार फेर्न यस्ता किसिमका योजनालाई प्राथमिकतामा राख्न आवश्यक रहेको पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

समयमै कार्य सम्पादन गर्न सिकौं र जोशीपुरको विकासमा टेवा पु¥याऔं भन्दै वहाँले कार्यक्रम आयोजक तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समयमा कार्यक्रम संचालन र कार्य संम्पादन गर्न आग्रह पनि गर्नु भयो । विकासका कार्यमा सरकारले खर्च गर्छ यसको सँगसँगै नागरिक चेतनाका लागि सवैजनाले हातेमालो गर्न जरुरी छ भन्ने पनि वहाले बक्तव्य दिनु भएको छ ।

जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया रहनु भएको थियो । वडा अध्यक्षहरु, वडा सदस्य, बजारका बुद्धिजिवी, समाजसेवी, व्यापारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जोशीपुर बजारको मुख्य समस्या सहितको ज्ञापन पत्र पनि गा.पा. अध्यक्ष चौधरीलाई बुझाईएको थियो । जोशीपुर बजार भित्र रहेको फोहर र डम्पीङ साईडको व्यवस्थापन छिटो भन्दा छिटो होस्, सार्वजनिक शौचालयको व्यवस्था, केदारनाथ नयाँ मन्दिर निर्माण, सुकटी नालाको व्यवस्थापन, जोशीपुर, सिमरी, सिमराना, झबही र लक्कड बजार भित्र रोड बत्तिको व्यवस्था होस्, जोशीपुर हातबजारको व्यवस्थापन गरियोस्, जोशीपुर बजारमा कोल्ड सेन्टरको व्यवस्था गरियोस् र जोशीपुरमा रंगशालाको व्यवस्था र जोशीपुर बजारलाई नमुना बजार बनाउन जोशीपुर गाउँपालिकाको अहम भुमिका रहने बुंदा ज्ञापन पत्रमा उल्लेख छ । कार्यक्रमलाई बजार व्यवस्थापन समिति सचिव कविता कुमारी विष्टले सहजीकरण गर्नु भएको थियो ।