जोशीपुरको सवै वडामा पदभार सम्पन्न

जेठ ११,
कैलालीको जोशीपुर गाउँपालिकामा नव निर्वाचित गा.पा. अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवी कठरिया ले जेठ १० गते पदभार ग्रहण गरे संगै जेठ ११ गते वडा नं. १ देखि ७ वटै वडाका वडा अध्यक्षहरुले पनि पदभार ग्रहण गरेका छन् ।

१ नं. वडा अध्यक्षमा रामचन्द्र चौधरी, २ नं. वडा अध्यक्ष विष्णु प्रसाद डंगौरा, ३ नं. मा रेणु कुमारी डंगौरा, ४ नं. मा रामजनम चौधरी, ५ नं. मा अनर कुमार चौधरी, ६ नं. मा भोज राज डंगौरा र ७ नं. मा बम बहादुर शाहले भदभार ग्रहण गरेका हुन् ।

जोशीपुर हाक्ने जिम्मा पाएका गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुले जोशीपुरको समग्र विकासमा सवै दलसँग सहकार्य गर्दै अगाडी बढ्ने बताएका छन् । जोशीपुरलाई भ्रष्टचार मुक्त बनाउने, स्वास्थ्य, शिक्षा, कृषि, यातायात, खानेपानी लाई मुख्य प्राथमिकतामा राखी कार्य गर्ने पनि उनिहरुको प्रतिवद्धता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *