
जेठ १,
कैलालीको जोशीपुरमा जोशीपुर गाउँपालिका अध्यक्ष पदका लागि १ नं. वडाको १८१० मत गणना भएको छ । जस्मध्य नागरिक उन्मुक्ति पार्टी चुनाव चिन्ह ढकियाबाट जोशीपुर गाउँपालिका अध्यक्ष पदका उमेद्वार चित्र बहादुर चौधरीले ४९७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी राप्रपा चुनाव चिन्ह हलोका जोशीपुर गाउँपालिका अध्यक्ष पदका उमेद्वार भिम बहादुर बमले ४७९ मत प्राप्त गरेको छन् । ३०३ मत प्राप्त गरि नेपाली कांग्रेस जोशीपुर गाउँपालिका अध्यक्ष पदका उमेद्वार बन्स राम वडायक तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका उपाध्यक्ष तर्फ रेखा देवी कठरियाले ५१२ मत प्राप्त गरि अग्र स्थानमा छिन् भने प्रतिस्पर्धी नेपाली कांग्रेस जोशीपुर गाउँपालिका उपाध्यक्ष पदकी उमेद्वार किरण चौधरी भने ३५० मत प्राप्त गरि दोस्रो स्थानमा रहेकि छिन् ।
