
बैशाख २२,
कैलालीको जोशीपुरमा जोशीपुर जेसीज वर्ष २०७९ को भित्तेपात्रो विमोचन भएको छ। जोशीपुर जेसीज वर्ष २०२२ का अध्यक्ष सुधराम दहितको सभाध्यक्षता, कानुनी सल्लाहकार धर्मेन्द्र विष्टको संयोजकत्व तथा जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको प्रमुख आतिथ्यतामा भित्तपात्रो विमोचन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले जोशीपुर जेसीजले जोशीपुरलाई राष्ट्रिय स्तरमा परिचित गराएको बताउनु भयो । जोशीपुरमा जेसीजले यस क्षेत्रका युवाहरुलाई संगठीत गरि समाजीक कार्य गर्दै आएको छ। जेसीजले गर्ने हरेक कृयाकलापहरु समाजका लागि प्रभावकारी छन् ।

जेसीज जोशीपुरको लागि गौरव हो त्यसकारण पनि जोशीपुर गाउँपालिकाले यस संस्थालाई हरेक तरिकाले सहयोग गर्दै आएको पनि वहाँले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि जोशीपुर बजार व्यवस्थापन समिति अध्यक्ष विश्वनाथ प्रसाद चौधरी र जोशीपुर जेसीज संस्थापक अध्यक्ष सन्तोष पौडेल रहनु भएको थियो ।