
बैशाख २२,
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जोशीपुर गाउँपालिका अध्यक्ष पदको उमेद्वारहरुसँग ककस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जोशीपुर जेसीजको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार केशर बहादुर चौधरी, राप्रपाबाट भिम बहादुर बम, जसपाबाट चन्द्र प्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट चित्र बहादुर चौधरी, नेपाल लोकतान्त्रीक पार्टीबाट अनिता चौधरी र माओवादी केन्द्रबाट जोशीपुर गाउँपालिका उपाध्यक्ष पदका उमेद्वार दिर्घराज विनाडीको सहभागिता रहेको थियो भने नेपाली कांग्रेशबाट जोशीपुर गाउँपालिका अध्यक्ष पदका उमेद्वार बन्सराम वडायकको भने कार्यक्रममा अनुपस्थिति रहेको थियो ।

जोशीपुरलाई कस्तो बनाउने ? कस्तो किसिमको योजनाले यस क्षेत्रको सर्वाङ्गीण विकास सम्भावना छ ? शिक्षा, स्वास्थ्य, कृषि लगायत विकासका सम्भावना वोकेका क्षेत्रका लागि कस्तो योजनातर्जुमाको आवश्यकता छ ? कुन उमेद्वारले यस्ता योजनाहरु आफ्नो मिसन भिजनमा समावेश गरेको छ ? कुन उमेद्वार यस्तो किसीमको विकास गर्न सक्षम छ ? भन्ने यस क्षेत्रका शिक्षा प्रेमि, बुद्धिजिवी, समाजसेवी, कृषक, स्वास्थ्य कर्मी, क्लव, युवा संजाल, सहकारी, विद्यार्थी, व्यापारीहरुको जिज्ञासालाई जोशीपुर जेसीजले आफ्नो प्लान अफ एक्सनमा राखी कार्यक्रमको आयोजना गरेको थियो। जस अन्तरगत ६ वटै उमेद्वारले यस क्षेत्रको सर्वाङ्गीण विकासमा आफुहरु कटिबद्ध रहने बताए ।

यो क्षेत्र कृषिका लागि उपयुक्त छ । भौगोलिक हिसावले पनि राम्रो छ । दिर्घकालिन सोचले कृषिलाई मुल एजेन्डा बनाई कार्य गर्न सके मात्र यस क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ । यहाँका स्थानिय उत्पादनलाई निर्वाह मुखी मात्र नबनाई व्यवसाय मुखी बनाउन सके यस क्षेत्र विकासमा फड्को मार्न सक्ने छ भन्ने सवै उमेद्वारहरुको साझा एजेन्डा रहेको छ । जोशीपुर जेसीज अध्यक्ष सुधराम दहितको अध्यक्षमा भएको कार्यक्रममा कानुनी सल्लाकार धर्मेन्द्र विष्ट र जोशीपुर जेसीजका पूर्व अध्यक्षहरुले सहजीकरण गरेको थिए।

