जोशीपुरमा नेपाली कांग्रेसको विजय पक्का भएको जनकराजद्धारा उद्घोष

बैशाख २४,
कैलालीको जोशीपुरमा नेपाली कांग्रेसको ¥याली प्रदर्शन भएको छ । जोशीपुर गाउँपालिका वडा नं. १ देखि ७ वटै वडाबाट जमा भएका नेपाली कांग्रेस समर्थकहरु गाउँपालिका १ नं. वडाबाट ¥याली सुरु गरि ७ वटै वडा भरिका गाउँगाउँमा ¥याली प्रदर्शन गरेका छन् ।
¥याली ७ वटै वडा पश्चात जोशीपुर–१ बडहरियाको चिल्ड्रेन पार्कमा कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं नेपाल सरकार पूर्व राज्य मन्त्री जनकराज चौधरीले जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसको जीत पक्का भएको उद्घोष गरेका छन् । उनले भने यस क्षेत्रमा विजय प्राप्त गर्ने कुनै अरु पार्टीको हैसीयत र औकात छैन । यहाँ तमाम फटहा पार्टीहरुले पनि जनतालाई गुम्राह पार्न आईरहेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी फटाहाहरुको जमात रहेको बताए । नागरिक उन्मुक्ति पार्टीको कुनै निति र सिद्धान्त नरहेको तथा पार्टीको दस्तावेज नै नरहेको उनले बताए । यिनिहरुसँग सचेत रहन सवैलाई आग्रह पनि गरे । मुलुकको राष्ट्रियताका लागि, मुलुकको अर्थ व्यवस्थालाई व्यवस्थापन गर्न, नेपालको संसिदिय पद्धतीलाई जोगाई राख्न नेपाली कांग्रेसको आवश्यकता रहेको उनले बताए ।
कोणसभाका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, संविधान सभा सदस्य वुद्धिसागर चौधरी लगायतको सम्बोधन गरेका थिए ।

यस गाउँपालिकालाई नेपाली कांग्रेसले पूर्वकाल देखि नेतृत्व गर्दै आएको छ र यस क्षेत्रको सर्वाङ्गीण विकास गर्न अझै पनि यस क्षेत्रका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्रले बताउनु भयो । कोणसभा जोशीपुर गाउँपालिका निर्वाचन प्रचार प्रसार समिति संयोजक रामकृष्ण चौधरी को संयोजकत्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *