
चैत १४,
कैलालीको जोशीपुर गाउँपालिकाको भवन समुद्घाटन भएको छ । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको सभापतित्व तथा संघिय सभा सदस्य माननिय नारायण दत्त मिश्र को प्रमुख अतिथ्यता र पूर्व राज्य मन्त्रि जनकराज चौधरी र संविधान सभा सदस्य बुद्धिसागर चौधरीको विशिष्ट आतिथ्यतामा भवन समुद्घाटन सम्पन्न भएको थियो । यो भवन जनताको हो र जनताले यस भवनबाट हुने सेवालाई सहज रुपमा लिन सक्नु पर्दछ भन्ने प्रमुख अतिथि मिश्रले बताउनु भयो । त्यस्तै गाउँपालिकाको कार्यालयमा सेवा लिने सेवाग्राहीलाई खुशीको अनुभुति गराउन सके मात्र संघियताको सरकारको महसुस हुने विशिष्ट अतिथि जनकराज चौधरीले बताए । स्थानियलाई गाउँगाउँमा सिंह दरबार आएको अनुभुति गराउन कार्यालयमा बस्ने जनप्रतिनिधि र कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने पनि वहाँले बताउनु भयो । नेपालमा पैसा नभएर मात्र विकास नभएको होईन पुजीगत बजेट कम खर्च भएर मात्र विकास नभएको विशिष्ट अतिथि बुद्धिसागर चौधरीले बताउनु भयो ।

गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन सँगै वि.पि. स्मृति भवनको पनि समुदघाटन भएकोछ । कार्यक्रममा विच गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले वि.पि. स्मृति भवन नेपाली कंग्रेस जोशीपुर गाउँपालिका सभापति बंशराम बडायकलाई भवन हस्तान्तरण गर्नु भएको थियो । जोशीपुर गाउँपालिकाले कम बजेटमा पनि धेरै विकास गरेको छ । यस ठाउँको स्वास्थ्य, शिक्षा, कृषी, यातायातमा बजेट खर्च गरि जनसमुदायको मुहारमा खुशी ल्याएको बक्ताहरुको भनाई रहेको थियो ।
