जोशीपुर गाउँपालिकाद्धारा जेसीजलाई भवन हस्तान्तरण

चैत १३,
कैलालीको जोशीपुर गाउँपालिकाले जोशीपुर जेसीजलाई भवन हस्तान्तरण गरेको छ । जोशीपुर जेसीजले स्थापनाकाल देखि युवा बर्गको नेतृत्व, व्यक्तित्व विकास गरि उद्यमशिलता सँग जोड्दै समाजमा सक्रिय भूमिका निर्वाह र समाजमा सकरात्मक जनचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको भन्दै पालिकाले भवन हस्तान्तरण गरेको हो ।

जोशीपुर गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको जेसीज भवन समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी र विशिष्ट अतिथि गा.पा. उपाध्यक्ष गिता कठरियाले विधिवत् रुपमा भवन समुद्घाटन गरि जोशीपुर जेसीजलाई भवन हस्तान्तरण गर्नु भएको थियो । जेसीज अध्यक्ष सुधराम दहितको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले स्थानिय सरकार सँगै जेसीजले पनि सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आएको बताउनु भयो । स्थानिय सरकारसँग सहकार्य गर्दै अगामी कार्यक्रम गर्न सुझाव व्यक्त गर्दै कुसी, टेवल, कार्पेट, पंखा लगायतका अफिसको लागि अति आवश्यक सामाग्री पनि स्थानिय तहबाट उपलब्ध गराउने प्रतिवद्धता पनि वहाँले व्यक्त गर्नु भएको थियो ।

त्यस्तै विशिष्ट अतिथि गा.पा. उपाध्यक्ष गिता कठरियाले जेसीजले ट्राफिक जनचेतना, लागुपदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना, बातावरण संरक्षण सम्बद्र्धन, वृक्षारोपण, अग्रजहरुलाई सम्मान, युवाहरुलाई नेतृत्व तथा उद्यमसिलता तर्फ उत्प्रेरित गर्ने जस्ता उदाहरणीय कार्य गर्दै आएकोले स्थानिय तहले जेसीजको आवाजलाई सम्बोधन गरेको बताउनु भयो । वहाँले जेसीजले जोशीपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउनमा महत्वपूर्ण भुमिका खेलेको पनि बताउनु भयो ।

जेसीज कोषाध्यक्ष खेमराज जोशीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जोशीपुर गाउँपालिका गाउँकार्यपालिका सदस्यहरु, जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, जेसीजका पूर्व अध्यक्षहरु, मानार्थ सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, जोशीपुर बजार व्यवस्थापन समिति अध्यक्ष विश्वनाथ प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । जग्गा उपलब्ध गराउने जोशीपुर गाउँसमाज, भवन निर्माण गर्ने जोशीपुर गाउँपालिका र कार्यक्रममा स्कटिङ गर्नमा सहयोग गर्ने श्री मोहन्याल मा.वि.का विद्यालयलाई जोशीपुर जेसीजले सम्मान पत्र, कदर पत्र र दोसल्लाले सम्मान गरेको थियो । कार्यक्रमलाई महासचिव भिम विनाडीले शहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *