जोशीपुर जेसीजद्धारा बालबालिकाहरुलाई जेव्रा क्रसिङ प्रशिक्षण

चैत्र २,
कैलालीको जोशीपुरमा जोशीपुर जेसीजले बालबालिकाहरुलाई जेव्रा क्रसिङ प्रशिक्षण भव्य रुपमा सम्पन्न गरेको छ । जोशीपुर जेसीजले होली मिलन तथा विद्यार्थी बालबालिकाहरुलाई जेव्रा क्रसिङ सम्बन्धि जनचेतना कार्यक्रमका विच बालबालिकाहरुलाई जेव्रा क्रसिङ सम्बन्धि प्रशिक्षण दिएको हो । कैलाली दिप ज्योती ईङलिस बोर्डिङ स्कुल जोशीपुरका विद्यार्थीहरुलाई सो अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरका ईन्चार्ज केशव सिंह धामी र सहकर्मी किशोर भट्टले डेमो सहित जोशीपुर बजारको चोकमा प्रशिक्षण दिनु भएको थियो ।

जोशीपुर जेसीज वर्ष २०२२ का अध्यक्ष सुधराम दहितको सभापतित्वमा भएको कार्यक्रममा जोशीपुुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एवं गा.पा. प्रबक्ता किशोर कुमार कठरिया प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै विशिष्टमा जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद चौधरी रहनु भएको थियो भने वडा नं. ५ का वडा अध्यक्ष देशराज चौधरी, ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रनानी नरेश ढकाल, नवजिवन सहकारी संस्थाका प्रबन्धक प्रकाश चौधरी, किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक भोज राज भट्टराई लगायत जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, पूर्व अध्यक्षहरु, समाज सेवी, बुद्धिजिवीहरुको पनि उपस्थिाति रहेको थियो । कार्यक्रममा जेसीज पदाधिकारीहरुलाई पिन वितरण तथा प्रशिक्षक तथा प्रशिक्षार्थी विद्यालयलाई सम्मान पत्रले सम्मान पनि गरिएको थियो ।

जोशीपुर जेसीजले स्थापना काल देखि समाजिक कार्य गर्दै यहाँका बालबालिका, युवावर्गको नेतृत्व, व्यक्तित्व विकास तथा सुशासित सामाजिक रुपान्तरणमा अग्रणीय भूमिका खेलेको प्रमुख अतिथि कठरियाले बताउनु भयो । नेपाल जेसीजको एक्ट फर ईम्पेक्ट प्रकरणलाई आधार मानि गरेको कार्यक्रम प्रभावकारी रहेको बक्ताहरुको भनाई रहेको थियो । कार्यकारी उपाध्यक्ष दिल बहादुर कठरियाको संयोजकत्वमा भएको कार्यक्रमलाई जेसीज महासचिव भिम विनाडीले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *