
फागुन २४,
कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीको पार्टी कार्यालय समुद्घाटन भएको छ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले पार्टी कार्यालयको समुद्घाटन गर्नु भएको थियो ।

पार्टि कार्यालयको समुद्घाटन पश्चात जोशीपुरको चिल्ड्रेन पार्कमा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै यो पार्टी किसान, मजदुर, विपन्न वर्ग, महिलाको विचार वोकेको पार्टी रहेको बताउनु भयो । टिकापुर घटनालाई जोड्दै उहाँले जनताको चाहनालाई सरकारले सम्बोधन गर्न नसकेकोमा दुःख व्यक्त गर्नु भयो । जहा दमन छ त्यहाँ अवस्य पनि द्धण्ड हुने पनि वहाँले बताउनु भयो । सरकारले हामीमा विभेद गरेको छ ।

यहाँ न समानता छ न न्याय छ । किसान, मजदुर, विपन्न वर्ग, उहाँका आदिवासी जनजाती, महिलाहरुको माग मुद्धा र पहिचानका लागि यो पार्टी खोलिएको पनि उनले बताए । कार्यक्रमलाई वरिष्ठ नेता एवं पूर्व सांसद योगेन्द्र घिसिङ, प्रबक्ता दामोदर पण्डीत, संगठन विभाग प्रमुख तथा केन्द्रिय सदस्य लक्ष्मण किशोर चौधरी, केन्द्रिय सदस्य गंगाराम चौधरी, रामलाल चौधरी, विपतराम चौधरी, दल बहादुर बुचामगर, जिल्ला अध्यक्ष कैलाश चौधरी लगायतले सम्बोधन गरेका थिए । जोशीपुर गाउँपालिका पार्टी सभापति चित्र बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमलाई वरिष्ठ जिल्ला उपाध्यक्ष चक्र चौधरीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ५० जना भन्दा धेरैले पार्टी प्रबेश गरेका थिए ।