साल्टट्रेडिङ द्धारा मुक्त कमैयाका विद्यार्थीहरुलाई झोला वितरण

फागुन २६,
कैलालीको जोशीपुर गाउँपालिका ३ रामनगर शिविरमा अवस्थीत श्री मुक्त कमैया प्रा.वि.का विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । मुक्त कमैयाहरुको छोराछोरी पढ्ने यो विद्यालयमा साल्टट्रेडिङ कार्पोरेशन लिमिटेडले विद्यालयमा गई १ सय ८२ विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

शिक्षा जिवनको आधार हो भन्दै साल्टट्रेडिङ कार्पोरेशन लि. सुदुरपश्चिम प्रदेश प्रमुख केशव प्रसाद पाण्डेले विद्यार्थीहरुलाई झोला वितरण गरेको बताए । यस क्षेत्रको कृषि तथा शिक्षाको समस्यालाई साल्टट्रेडिङले सहयोग गर्दै आएको कृषि मन्त्री विनिता चौधरीको स्वकिय सचिव दिर्घराज विनाडीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिराम चौधरीको सभापतित्वमा शिक्षक, विद्यार्थी, अविभावक, वडा नं. ३ का वडा सदस्य वेझुराम चौधरी लगायतको उपस्थितिमा झोला वितरण भएको थियो । मुक्त कमैया प्रा.वि.का प्र.अ. श्याम देव कुश्मीले सहयोगी हातहरुलाई स्वागत तथा धन्यवाद ज्ञपान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *