जोशीपुर गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

फागुन २३,
कैलाली जोशीपुर गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको छ । सभामा जोशीपुर गाउँपालिको आर्थिक वर्ष २०७८/०७९ को हाल सम्मको प्रगति विवरण जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गिता कठरियाले प्रस्तु्त गर्नु भएको थियो । जोशीपुर गाउँपालिकाले ५ वर्षको अवधिमा हाल सम्म सडक स्तरोन्नती तथा ग्रावेल १ सय ८३ कि.मि., कालो पत्रे चालु आ.व.मा निर्माणाधिम समेत गरि २५.८७ कि.मि., स्वास्थ्य संस्था जोशीपुरको ७ वटै वडामा भवन निर्माण गरि स्वास्थ्य ईकाई संचालनमा रहेको, ७ वटै वडामा सामुदायिक भवन निर्माण, २५ वटा कल्भर्ट त्यसै गरि गैर सरकारी संस्थासँगको सहकार्यमा १५ वटा विद्यालय भवन निर्माण गरेको गिता कठरियाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गा.पा. अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा संचालित सभालाई ७ वटै वडाका वडा अध्यक्ष लगायत विभिन्न वडा सदस्यहरुले समेत सम्बोधन गरेका थिए ।

प्रत्येक वर्ष एम्वुलेन्सको लागि बजेट विनियोजित गरे पनि जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिने विरामीहरुले भने एम्वुलेन्स सेवा लिन नपाएका बक्ताहरुले गुनासो गरेका थिए। त्यस्तै गाउँपालिकाले मनोमानि तरिकाले कर्मचारी राखेको वारे पनि सदस्यहरुले गुनासो गरेका थिए । जोशीपुर गाउँपालिकामा संघ तथा प्रदेशबाट कम बजेट आएपनि जोशीपुरले विकास निर्माणका कार्य भने धेरै गरको गाउँपालिका अध्यक्ष चौधरीको भनाई रहेको थियो । आन्तरीक स्रोतको कमि रहको यस गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायत बेरोजगारी युवाहरुका लागि समेत कार्यक्रम गर्दै आएको पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *