
फागुन १२,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ ले युवा स्वरोजगारका लागि चार पांग्रे मोटर ड्राईभिङ्ग तालिम संचालन गरेको छ । वडा अध्यक्ष विधिराम चौधरीको सभापतित्व, पूर्व गा.वि.स. अध्यक्ष टिकाराम महतों को प्रमुख आतिथ्यता तथा महिला नेतृ सरस्वती श्रेष्ठको विशिष्ट आतिथ्यतामा ड्राईभिङ्ग तालिम संमुद्घाटन भएको हो ।

सिप सिकाएर यस ठाउँका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य रहेको ड्राईभिङ्ग तालिम ४५ दिनको रहने छ । १ नं. वडा का १४ जना युवाहरुले ड्राईभिङ्ग तालिम लिन पाउने व्यहोरा सभापति तथा वडा अध्यक्ष विधिराम चौधरीले बनाउनु भयो । सिप सिकेर आफ्नै ठाउँमा स्वरोजगार भई कार्य गर्नसके यसै ठाउँको विकास हुने तथा खाडी मुलुकमा दुःख गर्न जान नपर्ने पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

त्यस्तै वडा नं. १ को आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरु सिप सिकी स्वरोजगार हुन आवश्यक रहेको प्रमुख अतिथि टिकाराम महतोले बताउनु भयो । वडा सदस्य रामजानकी चौधरीले स्वागत मन्तव्य दिएको कार्यक्रममा वडा सदस्य मान बहादुर चौधरी, पत्रकार खेम पाण्डे तथा वडा नं. १ का युवाहरुको उपस्थितिमा कार्यक्रम समुद्घाटन भएको थियो ।