मंसिर १७,
कैलालीको जोशीपुर गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुरमा गाउँपालिकाको योगदानमा नव निर्मित अन्तरंग सेवा भवनको समुद्घाटन भएको छ । गा.पा. अध्यक्ष रामकृष्ण चौधरी र गा.पा. उपाध्यक्ष गिता कठरिया द्धोयले समुद्घाटन गरेका हुन् । जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरंग (IPD) सेवा सुचारु भए सँगै स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. सचिन अवस्थी, मेडिकल अधिकृत राज कुमार चौधरी, डेन्टल हाईजेष्टि राम कुमार डंगौरा, हेल्थ असिस्टेन्ट प्रेमा खनाल, फार्मेसी असिस्टेन्ट सीमा रावत, सिनियर अ.न.मी तुला चौधरी, रेडियोग्राफर दिपक चौधरी लगायत प्राथमिक स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समिति सदस्य सन्तोष पौडल सम्मानित भएका छन् । कार्यालयको प्रगतिको लागि ईमान्दार, लगनशिल र अनुशासित भई अहोरात्र सेवा विस्तार गर्नमा अहम भूमिका निभाई सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्नमा सफल भएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले दोसल्ला र कदर पत्रले सम्मान गरेको हो ।
अव प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुरबाट २४ सैं घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, एक्सरे, ओ.पि.डि सेवा, डेन्टल सेवा, रेबिज विरुद्धको खोप सेवा, सर्प दंश उपचार सेवा, प्रसुती सेवा, गर्भपतन सेवा खोप सेवा प्रदान हुने डा. राज कुमार चौधरीले मन्तव्यमा बताउनु भएको छ । अन्तरंग (IPD) सेवाका लागि हाल ५ वटा बेड रहेको छ । सक्षम डाक्टरका बाबजुद पनि विरामीहरुलाई बाहिर रिफर गर्नु पर्ने बाध्यता थियो यस पश्चात अति ईमर्जेन्सी वाहेकका विरामीहरुलाई अन्तरंगको सुविधा रहेको डा.सचिन अवस्तीले बताउनु भयो ।
स्थानिय सरकारले स्वास्थ्यको क्षेत्रमा ठुलो योगदान गरेको गा.पा. प्रमुख रामकृष्ण चौधरीले बताउनु भयो । वहाँले स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तालिम, वडा वडामा स्वास्थ्य ईकाई संचालन गरि गर्भवती महिला, इमर्जेन्सी विरामीलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराएको पनि प्रमुख अतिथि चौधरीले बताउनु भयो । त्यस्तै विशिष्ट अतिथि गिता कठरियाले जोशीपुर स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य कर्मिहरुले राम्रो सेवा सुविधा र अहोरात्र खटी सेवा दिदै आएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो । स्वास्थ्य नै धन हो भन्दै अहिले ५ सैंयाको अस्पताल बनाएको अझै अस्पताललाई विस्तार गर्नु पर्ने पनि वहाँले बताउनु भयो ।


