गरिवीबाट उन्मुख हुन उत्पादनलाई व्यवस्थापन गर्न जरुरी छः रुपा चौधरी

मंसिर ११,
कैलालीको जोशीपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जोशीपुर गाउँपालिका प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका जिल्ला ईन्चार्ज तथा संविधान सभा सदस्य माननिय रुपा चौधरीले गरिवीबाट उन्मुख हुन उत्पादनलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । जब सम्म स्थानिय उत्पादनलाई सरकारले व्यवस्थापन गर्न सक्दैन तव सम्म जनता गरिव नै रहन्छन् । देशको आमुल परिवर्तन गर्नमा माओवादीको ठुलो योगदान रहेको बताउदै वहाँले यसपालिको चुनावमा सहि र सक्षम नेतृत्व चयन गर्न आम सर्वसाधरणलाई आग्रह पनि गर्नु भयो । गणेश बोहराको सभापतित्व संचालन भएको कार्यक्रमलाई पदमबोहराले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न नाच तथा झाँकी पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *