जोशीपुरका यूवा समाजसेवा तिर

मंसिर १७,
कैलालीको जोशीपुरमा युवा सञ्जालले सामाजिक सेवाको कार्य सुरुवात गरेको छ । सञ्जालले भर्खरै दर्ता भई सुरुवाती चरणमा रक्तदान जीवनदानको कार्यक्रम आयोजना गरि रक्तदान गरेको छ । कार्यक्रममा २० पिन्ट ब्लड डोनेट भएको छ । “रक्तदान नै जीवनदान हो, तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ” भन्ने मूल नारा रहेको रक्तदान कार्यक्रम जोशीपुर गाउँपालिका उपाध्यक्ष गिता कठरियाले समुद्घाटन गर्नु भएको हो । युवाहरुको एक्यबद्धताले समाजलाई एक निश्चित दिशा लक्षीत गर्ने प्रमुख अतिथि कठरियाले बताउनु भयो । जोशीपुरमा युवा सचेतनाका कार्यक्रमहरु यस युवा सञ्जालले गर्ने आवश्यक रहेको पनि वहाँले सुझाव व्यक्त गर्नु भएको थियो ।
यो संस्था नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही पूर्ण मुनाफारहित र जनहितकारी सामाजिक संस्था हुने, राजनिति, धर्म सम्प्रदाय, जातिविभेद भन्दा माथि उठेर निशर्त सेवा गर्ने, प्रत्येक व्यक्ति व्यक्तिहरुमा परोपकारी तथा मानविय गुणहरुको प्रवर्धन गर्ने प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने, समान उद्देश्यका संस्थाहरुसँग सु–सम्बन्ध गाँस्ने, स्थानिय कला संस्कृति भेषभुषा जगेर्णा तथा प्रवर्धन गर्ने, स्थानिय स्तरमा भरहकेको गतिविधिलाई मध्यनजर गरी आवश्यकता अनुसार कार्य गर्ने, प्राकृतिक प्रकोप तथा आपतकालिन घटनामा परेकालाई सम्बन्धीत निकाय संघ संस्थासँग समन्वय गरी सहयोग गर्ने जस्ता सञ्जालको उद्देश्य तथा लक्ष्य रहेको युवा सञ्जालका अध्यक्ष विष्णु चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *