कैलालीको भजनी नगरपालिका वडा नं. २ मोहनपुरमा भएको मोहनपुर गाउँ समाज ३ दिने बृहत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सामुहिक तर्फ न्यू भिजन कला केन्द्र डिविपुरले प्रथम स्थान ल्याई विजय प्राप्त गरेको छ। त्यस्तै द्धितिय डि.वि.एस महादेवली र तृतिय न्यू स्टार लालबोझी ले विजय प्राप्त गरेको छ । एकल नृत्य तर्फ खैरा गाउँका सनम कुमारी चौधरीले प्रथम स्थान प्राप्त गरेछिन् भने द्धितियमा जोशीपुर ३ लक्कडका हेमा कठरिया र तृतियमा सुनाफाँटाका बासुदेव चौधरी रहेका छन् । प्रतियोगितामा सुधराम दहित र मुकेश श्रेष्ठ निर्णायकको भुमिकामा रहेका थिए । मोहनपुर गाउँसमाजको आयोजनामा कार्तिक २७ गते देखि सुरु भएको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार अन्नु चौधरी, दर्पण कुशम्या, सत्यनारायण चौधरी (फेटारा), सुशिला चौधरी, आयसा चौधरी (मदुनिया), सि.के. कुश्मी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो ।
वेमौसमी वर्षाले पु¥याएको क्षेतिबाट पिडित कृषकहरुको मुहारमा केहिछिनका लागि भए पनि खुशियाली ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको मोहनपुरका समाजसेवी बुद्धिजिवी तथा कार्यक्रम संयोजक गंगाराम चौधरीले बनाउनु भयो ।
