जोशीपुर/कार्तिक १४,
कैलालीको जोशीपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत निजि स्रोत शिक्षकहरुले गाउँपालिका प्रमुख रामकृष्ण चौधरीलाई ३ बुंदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । स्थायित्व रुपमा गाउँपालिका शिक्षक घोषणा गर्ने, विगत वर्षदेखी निजिस्रोतको शिक्षक पदमा नियूक्त्त भएका शिक्षकको हकमा उमेरको हद् नलाग्ने र नेपाल सरकारको नियमानुसार निजि स्रोत शिक्षकको तलब भत्ता (सेवा सुविधा) उपलब्ध गराउने जस्ता संघर्ष समितिको माग रहेको छ । निजि स्रोत शिक्षकहरुले विगत लामो समय देखि भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि स्थानिय सरकारलाई पटक पटक ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र वुझाउदा समेत स्थानिय सरकारबाट मागहरु सम्बोधन नभए पछि संघर्ष गर्न बाध्य भइको संघर्ष समितिले जनाएको छ । कार्तिक मसान्त सम्म माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने सामुदायिक विद्यालय निजि स्रोत शिक्षक संघर्ष समितिको अध्यक्ष लक्षिराम चौधरीको भनाई रहेको छ ।
शिक्षकहरुको मागलाई कार्यपालिकाको निर्णय अनुसार सम्बोधन गरिने गा.पा. प्रमुख रामकृष्ण चौधरीको भनाई रहेको छ ।

