
सुधराम दहित, असोज २५,
कैलालीको टिकापुर ९ झुंगा बौनियामा घटस्थापनाको दिन देखि सुरु भएको शिव मन्दिर बौनिया धार्मिक ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ । महायज्ञ जस्तो पवित्र स्थानमा पुजाआज गर्न पाउदा झंगा, बौनिया, टांडा, बटनपुर, सत्ति, नारायणपुर, बेलुवा, बैधी, रोईनीबोझि, पायल गाउं लगायत तमाम गांउका श्रद्धालु भक्तजनहरु निकै खुशी भएको बताउछन् । यहाका जमिन, धन सम्पत्ती, अन्नवाली शुद्धिकरणका लागि आयोजना गरिएको महायज्ञलाई पूर्व स्वास्थ्य मन्त्रि रामजनम चौधरी र पूर्व राज्य मन्त्रि जनक राज चौधरीले समुद्घाटन गर्नु भएको थियो भने चौथो दिनको रात्रीकालिन कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।
अन्नदान, सालिग्राम परिक्रमा संगै तुलादान र नगददान गर्नेहरुको भिड रहेको महायज्ञमा कुलराम चौधरी, पतिराम चौधरी, छल्लुराम द.थारु, कन्हैंया लाल चौधरी, लोक बहादुर दहित लगायतले आफ्नो आमा बुवाको तुलादान गरेका छन् । ५१ हजार १ सय ५ रुपैया दान गरेर टिकापुर ९ बौनिया निवासी पतिराम चौधरी महायज्ञको पहिलो सभानायक बनेका छन् भने बराबरको रकम दिएर दोस्रो सभानायक सोम प्रसाद चौधरी, तेस्रो सभा नायक कन्हैया लाल चौधरी र चौथो लोक बहादुर दहित बनेका छन् । त्यस्तै सोहि गाउं निवासी तेजीराम दहित २१ हजार १ सय ५ रुपैया दान गरेर पहिलो सहसभानायक बनेका छन् । अटल युवा क्लब बौनिया तथा बौनिया गाउसमाजको आयोजनामा भईरहेको ज्ञान महायज्ञमा वडा अध्यक्ष लौटन चौधरीले यस ठाउको जमिन, यहा अन्वबाली, सम्पत्तीलाई शुद्धिकरण आवश्यक रहेको बताउदै वडा तथा व्यक्तीगत हुन सक्ने सहयोग गर्ने पनि वहाले बताउनु भयो । त्यस्तै यो ज्ञान महायज्ञबाट उठेको रकम बौनियामा रहेको शिवालय मर्मत र एउटा नया मन्दिर बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । मन्दिरका लागि ७ हजार १ सय ५ रुपैया बराबरको नगद, चलअचल सम्पत्ती दान गर्ने दानदाताको नाम सिलालेखमा दर्ज गरिने पनि आयोजकले जनाएको छ ।


