असोज ८,
कैलालीको नारायणपुर जेसीजले समाजसेवी र कलाकारहरुलाई एक कार्यक्रम विच सम्मान गरेको छ । नारायणपुर जेसीजको आयोजना तथा टिकापुर नगरपालिका ६ नं. वडाको आर्थिक सहयोगमा सम्मान कार्यक्रम भएको हो । समाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको समाजसेवी, वुद्धिजिवी र कलाकारीता क्षेत्रमा आफ्नो संस्कृति भेषभुषा, भाषा, कला, साहित्यको उजागर गर्दै यस क्षेत्रलाई समाज, राष्ट्रय र अन्तराष्ट्रिय स्तरमा पहिचान गराउनमा महत्वपूर्ण योगदान पु¥याउने कलाकारहरुको योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सभापति तथा नारायणपुर जेसीजका डायनेमिक अध्यक्ष बलिराम चौधरीले बताउनु भयो । वहाँले अग्रज समाजसेवीहरुको कार्यशैलीबाट अवको युवाले नेतृत्वको पाठ सिक्न आवश्यक रहेको बताउँदै प्रत्येक युवा जेसीजमा आवद्ध भई कुशल नेतृत्व गर्न पनि आवश्यक रहेको वहाँँले बताउनु भयो।
त्यस्तै प्रमुख अतिथि टिकापुर न.पा. ७ का वडा अध्यक्ष रामलाल डंगौरा थारुले अरुलाई सम्मान दिन सके मात्र आफु सम्मानित भईन्छ । यस्तो संस्कृतिको विकास हुन आवश्यक छ । समाज र राष्ट्रका लागि योगदान दिने हरेक नागरिकलाई सम्मान दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी फकिर सिंह कडायत, द्धारीकानाथ शर्मा, तुलाराम चौधरी, चतुर प्रसाद खनाल, देव बहादुर वुढाथोकी र सन्देश श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै थारु चलचित्र हटाई कुहिराका गायक तथा संगितकार ठाकुर प्रसाद गोईजिहार, गितकार संगितकार ओमप्रकाश गोईजिहार र सोहि फिल्मका नायक जित बहादुर गोईजिहारलाई मायाको चिनो, सम्मान पत्र र खादा ओढाई सम्मान गरिएको थियो । फिल्म तथा म्युजिक भिडियो निर्देशक सुधराम दहित, गायक रमेश मिशन, मोडल खडक चौधरी, मुकुण्ड जि.सी., मोडल सुनिता चौधरी, सुमित्रा चौधरी, रितु चौधरी, संगित चौधरी, कोरियोग्राफर ओम प्रकाश चौधरी, हास्य कलाकार झलनाथ खनाल, गायक खुशीराम रत्गैया लगायत थुप्रै कलाकारहरुलाई खादा, सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।



