भाद्र २१,
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोशीपुर द्धारा अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरलाई ७ सय थान माक्स हस्तान्तरण भएको छ । नेपाल सरकारको तपाईको माक्स खोई अभियानलाई सफल बनाउन र कोभिड १९ को तेस्रो चरणको महामारीलाई न्यूनिकरण गर्न ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण गरेको निर्धन उत्थानका शाखा प्रबन्धक दिपक भट्टराई ले बताउनु भएको छ ।
