
असार २३,
कैलाली जोशीपुर गाउँपालिका वडा नं. ३ को सिमा विवादमा प्राकृतिक स्रोत द्धण्द्ध रुपान्तरण केन्द्र नेपालले सहजीकरण गर्न स्थानिय सरोकारवालाहरुसंग पूर्व तयारी बैठक सम्पन्न गरेको छ। जोशीपुर गा.पा. ३ नं. वडामा अवस्थीत जनहित सामुदायिक वन उपभोक्ता समूह र बन्जरिया गाउँसमाजको सिमा विवादलाई सहज र मर्यादित तरिकाले समाधान गर्न ३ नं. वडाको आयोजनामा सामुदायिक भवनमा सरोकारवालाहरुसँग पूर्व तयारी बंठक बसेका थियो । “दिगो शान्तिका लागि उन्नत सम्बन्ध” नारा रहेको यस गैर सरकारी संस्थाले दुई पक्ष विच बर्षौ देखि चल्दै आएको सिमा विवादको समस्यालाई सहजीकरणका लागि दुवै पक्षका सरोकारवालाहरुसँग वैठक बसेको हो ।

वडा नं. ३ का वडा अध्यक्ष रेणु कुमारी डंगौराको सभापतित्व तथा जोशीपुर गाउँपालिका न्यायक समिति संयोजक एवं गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भलमन्सा, सामुदायिक वनका अध्यक्षहरु, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक जीवन डंगौरा, पार्टी प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

दुवै पक्ष विचको समस्यालाई दिर्घकालिन रुपमा समाधान गरिनु पर्छ र दुवै गाउँसमाज विचको सम्बन्धलाई गाढा बनाई सामाजिक सदुभाव कायम गरिनु पर्छ भन्ने न्यायक समिति संयोजक रेखा देवी कठरियाले बताउनु भयो ।