जोशीपुर गाउँसभामा ४८ करोड ११ लाखको बजेट प्रस्तुत

असार १०,
कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४८ करोड ११ लाख १० हजार ५ सय रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको अध्यक्षतामा आठौं गाउँ सभाको दोस्रो दिन भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष रेखा देवी कठरियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भएको थियो ।

समृद्ध र आत्म निर्भर जोशीपुर गाउँपालिकाको निर्माण गर्ने, आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार विकास गर्दै समृद्ध, समुन्नत र आत्म निर्भर गाउँपालिकाको निर्माण गर्ने, कृषि क्षेत्रको आधुनिकिकरण, विविधिकरण र बजारीकरणको व्यवस्था गर्दै कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गर्दै रोजगारीको आधारको रुपमा विकास गर्ने, उपलब्ध स्रोत साधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्याय सहित लोक कल्याणकारी राज्य व्यवस्थाको निर्माण गर्ने, चरम गरिवीको अन्त्य र पिछडिएका क्षेत्र? वर्ग र समुदायको सिघ्र उत्थान गर्दै समाजिक सुरक्षाको विस्तार सहित लोक कल्याणकारी राज्य व्यवस्थाको निर्माण गर्ने, गुणस्तरिय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक र कृषि, पर्यटन लगायतका आर्थिक पूर्वाधार विकास र अधुरा आयोजनाहरुको कार्यान्वयन गर्ने, विधीको शासन, सार्वजनिक सेवा प्रभावकारीता, जवाफदेहिता र विकासमा जन सहभागिता मार्फात नागरिकहरुलाई प्रत्याभुती हुने सुशासन पूवर्धन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र भरपर्दो बनाउन गाउँपालिका र सातै वडाको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगमा जोड दिने, विभिन्न समयमा सामना गर्नु पर्ने वाढी, चट्याङ, अतिवृष्टि जस्ता विपदको सामना गर्न संस्थागत क्षमता विकास गर्ने जस्ता लक्ष्य, उद्देश्य जोशीपुर गाउँपालिकाले राखेको छ ।

चालु वर्ष २०७८/०७९ को जेष्ठ मसान्त सम्म चालु खर्च ६८.६५ प्रतिशत, पुँजिगत खर्च ३८.६७ प्रतिशत खर्च भएको छ । त्यस्तै गाउँपालिकाको आन्तरिक आन्दानी १ करोड २३ लाख ४८ हजार ३०६ रहेको छ। विषयगत क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ ३५.५४ प्रतिशत, सामाजिक विकास तर्फ ६९.५९ प्रतिशत, पूर्वाधार विकास तर्फ ३७.७२ प्रतिशत सुशासन तथा संस्थागत विकास तर्फ ६४.६१ प्रतिशत र कार्यालय सञ्चालन तर्फ ६५.५३ प्रतिशत खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *