जोशीपुरका कृषकलाई कृषि सामग्री वितरण

असार २३,
कैलालीको जोशीपुरमा पकेट क्षेत्रका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ । जोशीपुर गाउँपालिका कृषि शाखाको चालु आ.व. २०७८÷०७९ को संघिय सरकार, प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाको सशर्त अनुदार अन्तरगत कृषि तर्फका साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम (खाद्यन्न बाली) का लागि कृषि पकेट क्षेत्रका समूहलाई मूल्यको ५० प्रतिशत अनुदान मा सामाग्रि वितरण गरिएको थियो ।

जोशीपुर गा.पा. ३ लक्कडका कठरिया वाली विकास समूह कृषक समूहलाई हाईड्रो डिष्क २ वटा, डिजल पम्प सेट ५ एच.पि. ४ थान, पानी मोटर २ एच.पि. ६ थान, स्प्रे टंकी १० वटा, ड्रिल मेसीन (मेर पर्नी) १ थान, कल्टिभेटर १ थान, बोरिङ २ वटा, डेलिभरी पाईप २९० के.जि. वितरण गरिएको थियो । त्यस्तै श्री गुराँस महिला कृषक समूह जोशीपुर २ घुसरीलाई पावर टिलर २ वटा, रिपर २ वटा, रोटावेटर १ वटा, डेलिभरी पाईप ६० के.जि., स्प्रे टंकी ५ वटा जोशीपुर गाउँपालिकाले वितरण गरेको हो । त्यस्तै श्री मुनाल महिला कृषक समूह जोशीपुर ४ हस्नापुरलाई मोटर पम्प ४ वटा, पावर टिलर ३ वटा वितरण गरेको छ ।

सामग्री जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवी कठरिया द्धारा प्रमुख प्रशासकिय अधिकृत धर्मराज खत्री, प्रशासकिय अधिकृत मिनराज कठरिया, वडा अध्यक्ष, वडा सदस्य लगायत कृषकहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *