माघ ९, जोशीपुर,
कैलालीको जोशीपुरमा जोशीपुर जेसीजको ७ औं पदहस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष सुधराम दहित लगायत नयाँ निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई वर्ष २०२१ का अध्यक्ष केशव राज जोशी र वहाँको टिमले पदहस्तान्तरण गरेको हो । प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, विशिष्ट अतिथि जोशीपुर गा.पा. उपाध्यक्ष गिता कठरिया, विशिष्ट अतिथि जोशीपुर जेसीजको मातृ शाखा लम्की जेसीजका पूर्व अध्यक्ष एवं. नेपाल जेसीजका पूर्व उपाध्यक्ष राम बहादुर बोगटी, जोशीपुुर जेसीजका मानार्थ सदस्यहरु, पूर्व अध्यक्षहरु, छिमेकी जेसीज नारायणपुर, बौनिया, लम्की र लम्की लेडि जेसीज लगायत समाजसेवी, बुद्धीजिवी, शिक्षा प्रेमीहरुको उपस्थितिमा जेसीजको विधिवत तरिकाले पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । नव निर्वाचित कार्यकारी उपाध्यक्षमा दिल बहादुर कठरिया र नवी हुसेन रहेका छन् । उपाध्यक्षमा जितेन्द्र वडायक, सुजित चौधरी, तेकराज जोशी र सन्तोष वि.क. रहेका छन् । त्यस्तै महासचिव भिम विनाडी, कानुनी सल्लाहकार धमेन्द्र विष्ट र कोषाध्यक्षमा खेम राज जोशी मनोनित भएका छन् । जोशीपुर वर्ष २०१८ का अध्यक्ष शेखर श्रीपाईली निर्वाचन आयुक्त रहनु भएको थियो ।
जोशीपुरको चौतर्फी विकासमा टेवा पु¥याउदै, समाजका लागि उदाहरणीय कार्य गरि सम्पुर्ण कृषक, उद्यमी, व्यापारी तथा स्वास्थ्य कर्मीका लागि प्रेरणाका स्रोत बन्नु हुने व्यक्तित्वहरुलाई जोशीपुर जेसीजले सम्मान पत्र तथा दोसल्लाले सम्मान गरेको छ । शिक्षा क्षेत्रबाट श्री रघुनाथ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नृप बहादुर कुँवर, स्वास्थ्य क्षेत्रबाट जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सचिव अवस्थी, कृषि क्षेत्रबाट रोमना एग्रिकल्चर प्रा.लि. का संचालक राजेश चौधरी र जोशीपुर स्टार क्याफेका संचालक भरत डंगौरालाई जेसीजले सम्मान गरेको हो । त्यस्तै जेसीज अफ द ईयरको गरिमामय अवार्ड भने जोशीपुर जेसीज वर्ष २०२१ का महासचिव धमेन्द्र विष्टले प्राप्त गर्नु भएको छ ।
जेसीजको पदहस्तान्तरणलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामकृष्ण चौधरीले जोशीपुर जेसीज सुशासित समाज रुपान्तरणमा महत्वपूण भुमिका खेलेको बताउनु भयो । जोशीपुर जेसीजले यस क्षेत्रमा बनजंगल तथा बातावरण संरक्षण सम्बन्धि जनचेतना, लागु औषत दुव्र्यसनी सम्बन्धी जनचेतना, ट्राफिक जनचेतना, दुखी असहाय विरामीहरुका लागि ब्लड डोनेशन जस्ता उदाहरणीय कार्य गर्दै आएको बताउँदै स्थानिय तहले जेसीज युवाहरुका लागि जेसीज भवन निमार्ण गरिसकेको पनि वहाँले बताउनु भयो । अवको केहि दिनमा ४० लाख लागत लागेको सो भवन जोशीपुर जेसीजलाई हस्तान्तरण गर्ने जानकारी समेत वहाँले दिनु भयो । त्यस्तै विशिष्ट अतिथि गिता कठरियाले समाजमा खाली बसेका वेरोजगार युवाहरु जुन लागु पदार्थ दुव्र्यसनीमा फसेका छन् तिनिहरुलाई कसरी नियन्त्रणमा लिने र उनिहरुमा नेतृत्व, व्यक्तित्व र उद्यमशीलताको विकास कसरी गराउन सकिन्छ भन्ने चिन्ता व्यक्त गर्नु भएको थियो । जेसीज एक गौरवशाली संस्था हो । यसले युवाहरुलाई नैतिक र अनुशासनको पाठ सिकाउने गर्दछ । सकारात्मक सोचले समाजलाई डो¥याउने यस संस्थाले स्थानिय तहसँग समन्वय गरि कार्यक्रमहरु गरे अझै प्रभावकारी रहने सुझाव पनि विशिष्ट अतिथि कठरियाले दिनुभयो ।



