जोशीपुर बजारमा सामान किन्न आउँदा माक्स र खोप कार्ड अनिवार्य

माघ १४,
कैलालीको जोशीपुर बजार व्यवस्थापन समितिले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनबाट सुरक्षित रहन महत्वर्पूण निर्णय गरेको छ । जोशीपुर बजारमा सामान किन्न आउने ग्रहाक वर्गहरुले अनिवार्य रुपमा माक्स लगाउनु पर्ने र संगै खोप कार्ड लिई आउनु पर्ने निर्णय बजार व्यवस्थापन समितिले गरेको छ । खोप कार्ड नभएकाहरुले स्थानिय तहको सेवा सुविधाबाट बन्चित हुने स्थानिय तहको निर्णयलाई मध्यनजर गर्दै बजार समितिले पनि यस्तो कडा निर्णय गरेको हो । बजार व्यवस्थापन समितिको माक्स सहयोग तथा ईलाका प्रहरी कार्यालय जोशीपुरको समन्वयमा जोशीपुर बजारमा हेल्प डेस्क राखी माक्स वितरण गर्ने पनि समितिले जनाएको छ । ग्रहाकलाई सहुलियत मूल्यमा माक्स विक्रि गर्ने बजारका व्यापारीहरुलाई सुझाव दिदै बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद चौधरीले खोप नलगाएको व्यक्तिहरुलाई जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउन सवैलाई आग्रह पनि गर्नु भएको छ । भारतबाट आउने व्यपारीहरु पनि खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *