जोशीपुरको बाँणी मेला स्थगित

कैलाली जोशीपुर ५ बाँणीमा पौष ३० गते राती लाग्ने माघी मेला स्थगित भएको छ ।

हिन्दु धर्मालम्बीहरुको महान पर्ब माघे संक्रान्तिको पावन अवसरमा बाँणेश्वर बाबा मन्दिरको संरक्षण सम्बद्र्धन र प्रबद्र्धनका निमित्त माघि मेला नयाँ भेरियन्ट कोभिड–१९को बढ्दो संक्रमणको जोखिमका कारण नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन अनुसार स्थगित गरिएको मेला समितिले जनाएको छ । भौतिक रुपमा २५ जना बन्दा वढी उपस्थित भई हुने सवै सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव लगायतका कार्यहरु सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनको आदेशानुसार मेला स्थगित गरिएको मेला समिति अध्यक्ष छोटेलाल चौधरीले जानकारी दिनु भएको छ । मंदिरमा पुजा गर्न आउने तिर्थ यात्रीहरुले समेत स्वयम् जिम्मेवारीका साथ पुजाआजा गर्नु पर्ने पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *