महिला हिसां तथा आत्महत्या न्युनिकरण, लागुपदार्थ सेवनको रोकथाम, बोक्सी आरोप विरुद्ध जनचेतना सम्बन्धी कार्यक्रम जोशिपुरमा सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय जोशिपुरको आयोजनामा जोशीपुर गाउँपालिका स्तरिय वड्घर समन्वय समितिको सहयोग तथा समन्वयमा आदिवासी जनजाती महाँसँघ जोशीपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । समाजमा पछिल्लो पटक बढी रहेका महिला हिसां, घरेलुहिसांका कारण मानिसहरु दिन प्रतिदिन आत्महत्या गर्नेको संख्या समेत बढेको भन्दै प्रहरीले समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जनचेतना मुलक कार्यक्रम शुरु गरेको हो । सडक दुर्घटना न्यूनिकरणका लागि जोशीपुर बजारको मेन चोक, सिमरी बजारको मेन चोक, सिम्रना बजारको मेन चोक, लक्कड बजारको मेन चोकमा सिसि क्यामरा जोड्न आवश्यक रहेको ईलाका प्रहरी कार्यालय जोशिपुरका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक दिनेश बहादुर विष्टले बताउनु भयो । लागुपदार्थ सेवन, अन्धविश्वास, आत्महत्या न्यूनिकरण गर्नमा भलमन्साहरुको महत्वपूर्ण भुमिका रहेको पनि वहाँले बताउनु भयो ।
