असार २९, जोशीपुर
जोशीपुर गाउँपालिकाले श्रावन १ देखि कर्मचारीहरुको विद्युतिय हाजिर लगाउने जनाएकोे छ । जोशीपुर गाउँपालिकाको कार्यालय, वडा कार्यालय, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बौनिया स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई विद्युतिय हाजिर लगाउन जोशीपुर गाउँपालिकाले सूचना जारी गरेको छ । विद्युतिय हाजिरीलाई तलव प्रणालीसँग आवद्ध गर्ने व्यवस्था मिलाइएकोले विद्युतीय हाजिरी नलगाई तलब कट्टी हुन गएको खण्डमा कार्यालय जवाफदेही नहुने पनि सूचनामा जनाईएको छ ।

