बढि भाडा असुलिको चेकजाँचमा जोशीपुर ट्राफिक

असार २९,
बस यात्रुहरुसँग निर्धारित भाडा भन्दा बढी भाडा उठाईदै छ कि भन्दै ट्राफिक प्रहरी जोशीपुरले चेकजाँच सुरु गरेको छ । लामो यात्रा गर्ने यात्रुहरुबाट बढि भाडा उठाईरहेको कुरा सामाजिक संजालमा देखिन तथा सुनिन थालेपछि ट्राफिक प्रहरी जोशीपुरले चेकजाँच सुरु गरेको ट्राफिक ईन्चार्ज रमेश ऐरले बताउनु भएको छ । विभिन्न स्थानबाट जोशीपुर आएका बस यात्रुहरुसँग बसमै प्रत्येक्ष सोधपुछ गर्दा टाढाका यात्रु नरहेको र सोधपुछ गर्दा छोटो दुरीका यात्रुहरु आफुबाट निर्धारित भाडा भन्दा वढी भाडा नउठाएको बताएका छन् । यात्रुहरुलाई सावधान गर्दै गाडीवालाले वढि भाडा असुलि गरेमा वा गर्न खोजेमा ट्राफिक फ्रिकल १०३ मा डायल गरि जानकारी गराई दिन पनि ट्राफिक ईन्चार्ज ऐरले यात्रु लगायत सर्वसाधरणलाई आग्रह गर्नु भएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग संगै सामाजिक दुरी कायम गरि सुरक्षित यात्रा गर्न ट्राफिक ईन्चार्ज रमेश ऐरको टोलीले सवैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *