सावन २,
जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित हसनपुरमा २१ औं मुक्त कमैया दिवस मनाइएको छ । जनहित सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणमा स्थानिय मुक्त कमैयाहरुले भव्यताका साथ खुशीयाली मनाउँदै कार्यक्रम गरेका हुन् । कमैयाहरुको मुक्तिको दिन, कमैयाहरुको दासत्व समाप्त भएको दिन, कमैयाहरुले विभिन्न संघर्षका वावजुद विजय प्राप्त गरेको दिन, जोशीपुर गाउाँपालिकाका मुक्त कमैयाहरुको खुशीयालीको दिन भन्दै यो कार्यक्रम भव्यताका साथ मनाइएको हो । विभिन्न संघ संस्था, स्थानिय वुद्धिजिवी, समाजसेवी, नेतृत्व पंक्ति अगुवाहरुको लामो संघर्षका योगदान पश्चात कमैयाहरु स्वतन्त्रता प्राप्त गरेको कार्यक्रममा प्रमुख अतिथि एवं जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले आफ्नो बक्तव्य मार्फत बताउनु भयो । वहाँले कमैया मुक्त भए पश्चात नेपाल सरकारले मुक्त कमैयाहरुलाई परिचय पत्र दिने, जग्गा वितरण कार्यक्रम निति तथा योजना ल्यायो । तत पश्चात कतिपय कमैयाहरुले परिचय पत्र पाए, कतिपयले जग्गा पनि पाए तर विडम्बना कमैया मुक्त भएको २० वर्ष पुरा भई सक्दा पनि कतिपय कमैयाहरुले परिचय पत्र समेत पाउन नसकेकोमा दुःख व्यक्त गर्नु भएको थियो । वहाँले भुमिहिन कमैयाहरुका लागि नेपाल सरकारले भुमि आयोग कार्यक्रम ल्याएको छ, यसले भुमिहीन कमैयाहरुको लागि जग्गा व्यवस्था गर्ने पनि वहाँले बक्तव्यमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले वडा नं. ३ जोशीपुर गाउँपालिकाको विकट, डुवान तथा कटान क्षेत्र रहेको र यसका समाधानका लागि ठुलो बजेटको आवश्यकता रहेको तथा गाउँपालिकाले यो समस्यालाई समाधान गर्न प्रदेश तथा संघमा समेत पहलहरु गरिरहेको बताउनु भयो । यहाँका समस्यालाई प्रत्येक वर्ष स्थानिय सरकारले प्रयास र पहल गरेको पनि जानकारी दिनु भयो । जोशीपुरको विकासका लागि स्थानिय सरकारले कतिवद्ध भई कार्य गरिरहेको पनि अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै कमैयाहरुको साँैकी प्रथाको अन्त्य गर्नमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको कार्यक्रमका विशिष्ट अतिथि तथा जोशीपुर गाउँपालिका उपाध्यक्ष गिता कठरियाले बताउनु भयो ।
